जब पुनमको चुरा खस्यो
मेरो मनको चुचुरा खस्यो
फुल को धारले रेटन थाले पछि
उनको मनको धुरा खस्यो
पोको पारेको ठाऊ बाट
आज अचानक कुरा खस्यो
सपनाको चखेवा खेलाऊदै थिय
बिपना को झ्वाम्म च्याखुरा खस्यो
फुलाऊदा फुलाऊदै मायाको फुल
बसन्तमै मनको आंकुरा खस्यो
भमराहरु झुमुन भन्थे वरीपरी
मनको चाकामा माकुरा खस्यो
राधा, रुक्मिणी र मिराहरू नसोच्दै
मनमा अचानक मथुरा खस्यो
अग्लिदै थिय आकाशका हिमाल
आफ्नै मनको टाकुरा खस्यो !!!
About Me
prativa
Wel-come
wel-come to my blog
Monday, July 27, 2009
Wednesday, July 22, 2009
तितो सत्ते
- कसैको गुणको प्रशंसा मा समय खेर नफाल, उसको गुण अपनाउने प्रयत्न गर ।
- असफलता नै सफलता को पहिलो खुट्किलो हो ।
- जती बुढो भयपनी दुष्ट , दुष्ट नै हुन्छ , जती पाके पनी तितो फल तितो नै हुन्छ ।
- चापलूसी गर्ने मानिस कहिल्यै आफ्नो कर्तब्य पालन गर्दैन ।
- कुराकानी प्रीय होस, बनावटी नहोस, स्वच्छ्न्द होस तर अशलिन नहोस , विद्दतापूर्ण होस , अनौठो नहोस तर असत्ते नहोस त्यों नै सच्चा मानिस हो ।
- कुनै पनी मानिसलाई घृणा गर्नु जुम्राबाट छुटकारा पाउन आफ्नै कपालमा आगो हाले जस्तै हो ।
- भौतिक सन्तुष्टिभन्दा आत्मीय सन्तुष्टि नै उत्तम हुन्छ ।
Thursday, July 16, 2009
फुल नि कांडा भो
सुरुमा त दिन प्रति दिन माया गाढा भो, 
आज फेरी त्यही माया किन टाढा भो ।
संगै बाच्ने संगै मर्ने बाचाकसम खाइएकै हो,
टिपे फुल हातमा राख्दा कांडैकांडा भो ।।
आज फेरी त्यही माया किन टाढा भो ।।।

आज फेरी त्यही माया किन टाढा भो ।
संगै बाच्ने संगै मर्ने बाचाकसम खाइएकै हो,
टिपे फुल हातमा राख्दा कांडैकांडा भो ।।
आज फेरी त्यही माया किन टाढा भो ।।।
Wednesday, July 15, 2009
निस्ठुरी माया
लाऊथे माया तिमीलाईनै घात गारेउ र लाइन,
दुई दिनैमा तीता तीता बात गारेउ र लाइन,
जुनी जुनी हजार जुनी तिम्रै काखमा हुला भन्थे,
मलाई छाडी अर्कै संग साथ गारेउ र लाइन,
दुई दिनैमा तीता तीता बात गारेउ र लाइन,
जुनी जुनी हजार जुनी तिम्रै काखमा हुला भन्थे,
मलाई छाडी अर्कै संग साथ गारेउ र लाइन,
Tuesday, July 07, 2009
मौसम
शिशिर सकेर बसन्त आयो
आहा ! रानी बन पलुवा पलायो
हेर कोइलिको मधुर स्वर
आयु घटेछ यो मन बहलायो
पानी पधेरा धाराहरुमा
रंगी बिरंगी बत्ती बलायो
बिचित्र रूप अनेक रंग
बेमौसममा जुनार फलायो
टिप्न सजिलो खानै नसजिलो
ब्यर्थै सुकेको घाऊ चलायो !!!
Sunday, July 05, 2009
नेताको भाषण
नेताको भाषण
सपना को महल
कुकुरको पुच्छर
सपना को महल
कुकुरको पुच्छर
धारा बिनाको टूटी
हत्केला बिनाको मुठ्ठी
मंत्र बिनाको बूटी
माछा को मलामी
स्याल को श्राध्य
परेवा को जन्ति
ॐ "अस्तु " !!!
Subscribe to:
Comments (Atom)
enjoy



