किन किन अपूरो कहानी लेख्छ जिन्दगीमा ,
आफै फेरी अधुरो बिहानी देख्छ जिन्दगीमा !
जब घाम चढ्छ शिरमा लाग्छ ताप मिठो ,
बिना अर्थ मध्यान्ह जवानी टेक्छ जिन्दगीमा !
दिन ढल्छ सांझमा गोधुली रंग भरी,
जोसै जोसमा प्रणय शिरानी सेक्छ जिन्दगीमा !
जब सूर्य छेक्छ रातले अध्यारो बढ्छ तब ,
अझै सन्तान निशानी थेग्छ जिन्दगीमा !
पूरा हुनेछ दिन मेरो उल्लुको यो आवाजमा ,
चितामा नै यो जुनी फेक्छ जिन्दगीमा !
किन किन अपूरो कहानी लेख्छ जिन्दगीमा !!
चेत "प्रतिभा" खड्का
२०६६/१०/१९
About Me
prativa
Wel-come
wel-come to my blog
Saturday, February 06, 2010
Subscribe to:
Comments (Atom)
enjoy

