prativa

prativa

Wel-come

wel-come to my blog

Tuesday, October 12, 2010

मन पर्ने अरु नै , चुन चमेली

बिधिको बिडम्बना, सुन चमेली !
अब अर्कै बर माला , उन चमेली !
पीर ब्यथा सहेरै, सिरानी काख दियौ,
उजेली पुर्णिमाको, जून चमेली !
अस्ताउदै घाम झै बचिन्न की यस्पाली ,
पाऊदैनौ तिमीले , रुन चमेली !
संगै बाच्ने संगै मर्ने सपना भत्कियो ,
अब अर्कै सपना , बुन चमेली !
घरको न घाटको भो , सकिन साथ दिन ,
मन पर्ने अरु नै , चुन चमेली !!!

थुंगा हेर कति कसिलो छ

माया को जाल नफ्यांक उमेर कलिलो छ !
हलक्क बढेकी मात्र हौ यौवन मलिलो छ !
कोपिला देखिन्यौ अब फक्रने सुरसारमा ,
नपत्याए सुघ बास्ना कति धमिलो छ !
लाल रंग चढ्यो होला चाँद को थिचाइले ,
खिल्खिलायाऊ त्यसैले त रूप हसिलो छ !
प्रकृति आफै असक्त भई भर्दै छ रस ,
त्यसैले पो हेर्न लायक जोवान रसीलो छ !
पत्र-पत्र देख्यौ होला फुल को बनावटमा ,
त्यही पत्रले बनेको थुंगा हेर कति कसिलो छ !!!

प्रतिभा कान्छा चेत

घरजम गर्ने धोको......

भन्छन तिमीलाई सबले गहुँगोरी काली !
मेरा लागी दिलकी रानी भेनाकी हौ साली !
फुरुफुरु भयो मन चरी बनी उडीदिउकी ,
बगैचामा फुल टममै तर चुल्ठो खाली !
मनको इच्छा पूरा गरुन मनकामना माईले ,
लजाउछौ देखे हातमा फुल अक्षता थाली !
एक छीन भेट नभयमा अत्तालिंछ मन ,
सर्बस्वो हौ तिमी मेरो म त तिम्रो माली !
लालीजोवन ढल्कीएर जान्छ की त खेर ,
लगन जुरे घरजम गर्ने धोको यस्पाली !!!

बाचुन्जेल साथ देऊ जिंदगानी बनाऊछु !!!

डोली चढाई भित्र्यायर रानी बनाउछु !
मुना अनि मदन को झी कहानी बनाऊछु !
मिलेकी छ्यौ मोहनी छ्यौ छ्यौ बड़ो नशालु ,
प्यास मेटाउने करुवा की पनि बनाऊछु !
प्यार त गर्नै पर्छ भन्नेहरु यस्तै भन्छन ,
प्यार मात्रै किन र म जवानी बनाऊछु !
सुख दु:ख जिवनमा संगसंगै काटौलानी ,
प्यार गर्छु अथाह आँखाकी नानी बनाऊछु !
मर्ने पर्ने जिंदगी यो के छ र मरीलानु ,
बाचुन्जेल साथ देऊ जिंदगानी बनाऊछु !!!

बिक्रम चेत प्रतिभा

पर्ख तिमीलाई....

पर्ख तिमीलाई मैले सिंउदो भर्ने बनाईछोड़छू !
मेरै साथमा बाच्ने अनि मर्ने बनाईछोड़छू !!
लोकतंत्रमा महिला हक़का कुरा उठे पनि,
तिमीलाई मेरै चुलो चौको गर्ने बनाईछोड़छू !
मेरै बच्चा पिठ्यु बोकी लेक चड़ने पार्छु,
मेरै सामल बोकी बेसी झर्ने बनाईछोड़छू !
सुखै दिन्न मलाई छोड़ी अर्कै संग गए पनि ,
मन्तर गरी आफैतीर तर्ने बनाईछोड़छू !
घर थर छोड़ी पुरुष संगै हिड़नु पर्छ ,
तिम्रो नाममा मेरै थर सर्ने बनाई छोड़छू !!!

खड्का चेत प्रतिभा
२०६७/०१/११

प्रतिभा अचेल

भन्छयौ अरे प्रतिभा अचेल सपनी मी आको छैन !
शंका गर्नु पर्दैन म कसैको नि भाको छैन !
घरबाट बाहिर निस्के दूँनियाले कुरा काटने ,
त्यसैले त घर छाडी बाहिर कतै गाकोछैन !
उराठ लाग्छन दिनहरू शुन्यतामा रात बित्छ्न,
धेरै भयो तिम्रो पनि केहि खबर पाको छैन !
प्रतीक्षा मा बस्ने गर पक्कै तिम्रो हुने छु म ,
सत्य सत्य तिमीलाई छोड़ी अन्त नजर लाको छैन !
टोलायर बस्छ्यौ अरे हजारौ को भीड़मा पनि ,
तिम्रो नाम नजापर एक छाक पनि खाको छैन !!!

प्रतिभा खड्का चेत
२०६७/०५/२५

प्रकाश तिमीलाई.....

न पिऊँ भन्छु सम्झेर फेरी, पिऊँ झै लाग्दछ !
फाटेको माया देखेर फेरी, सीऊँ झै लाग्दछ !
न सम्झू भन्छु मरेको दिन , सम्झंछ यो मन ,
छातीमा लात्ती सहर पनि, जीऊँ झै लाग्दछ !
कुल्चाई लाखौं नदुख्यो भन्छ , नरून सक्दछ ,
देउता को रूप ढुंगा को मन , लीऊँ झै लाग्दछ !
सुखको साथी दु: ख को पराई, जात हो मान्छे को ,
मान्छे को मन जमेको डल्लो, हीऊँ झै लाग्दछ !
निभाई मधुर बिश्वासको दियो, निशामा हराउदा,
जलेर आफु प्रकाश तिमीलाई , दीऊँ झै लाग्दछ !!

Thursday, October 07, 2010

ओठले ओठ ......

ओठले ओठ चुसे पनि जुठो हुन्न पिरतिको !
जून झार्ने कसम पनि झूठो हुन्न पिरतिको !!
सयौ दिनलाई बोक्न मिल्छ पिरतिको घांसको भारी,
एकै दिन लाई मात्र पुग्ने मूठो हुन्न पिरतिको !!!

enjoy

enjoy
Powered By Blogger

ENJOY