दुई जनाले हतार गरी अलमल गर्यौ की सुहागरातमा !
आउलो नलाई बत्ती बाली झलमल गर्यौ की सुहागरातमा !!
मुटुको धड़कन बढ्यो होला यौवन को पारो चढ्यो होला ,
खापेरै नबसी हतार गरी सलबल गर्यौ की सुहागरातमा !
अंग अंग काउकुति लागी नशा नशा फूल्यो होला ,
उत्ताउली भई चुलबुल गरी चलमल गर्यौ की सुहागरातमा !
ओठले ओठलाई डसी, चुपचाप लागेरै बसी ,
ऐया-ऐया आत्थु-आत्थु खलबल गर्यौ की सुहागरातमा !!
त्यों त केवल सुरुवात थियो , अझ धेरै के के गर्यौ ,
न्वारण देखिको बल लगाएर चलमल गर्यौ की सुहागरातमा !!!

