prativa

prativa

Wel-come

wel-come to my blog

Wednesday, March 15, 2017

एक्लै थिए बन्द कोठामा कोथी नभन्नु  !
बास्न जान्दै ' न म पोथी नभन्नु !!
कही कतै  मेरै कुरा  गर्लि कसैले,
त्यत्तिकै  तिमीलाई उस्ले सोधी नभन्नु !!
मायाको गीत गाय भने मैले कुनै ठाउँ ,
हो त्यसैलाई साथीहरुले रोधी नभन्नु !!

Sunday, July 13, 2014

दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ
जिन्दगी कारागार उस्तै उस्तै लाग्छ

सधैं चर्किनै खोज्ने, सधैं फुट्नै खोज्ने
शिशा मेरो निधार उस्तै उस्तै लाग्छ

भो नसोध्नुस् केही, दुखेको दिललाई
ढुङ्गा फूलको प्रहार उस्तै उस्तै लाग्छ
...
भोको पेटमा ज्यादा, भरी पेटमा कम लाग्ने
मदिरा सरकार उस्तै उस्तै लाग्छ

हरेक अनुहारमा देखिन्छ ताजा घटना
यहाँ मान्छे समाचार उस्तै उस्तै लाग्छ

आज भोलि मान्छेहरू यस्तो भन्छन् मलाई
जोगी तेरो संसार उस्तै उस्तै लाग्छ

Thursday, September 27, 2012

कहिले आँखामा छछल्कीदो रहेछ, कहिले सपनामा झझल्कीदो रहेछ शुन्यमा गएर बिलाउने शीतको थोपा सरी , कहिले कर्कलाको पानी सरी अनी यत्तिकै मा कहिले साउने झरी बन्दों रहेछ के यही हो माया ? जब सपनीमा झझल्किन आउछ तब कैद गर्न खोज्छु कहिले टोलाउछु के यही हो माया ?
   हत्केलाले  जून  छेक्छौ  भन्छन  नेताहरू
बसिबसी नेपाल देख्छौ  भन्छन  नेताहरु
चार वर्षा भयो, नौ अर्ब गयो, आखिर केही गर्न नसकि घर फर्कने  भयो
फेरी अर्को संबिधानसभा बाट नया संबिधान लेख्छौ  भन्छन नेताहरु 

Thursday, August 11, 2011

दुई जनाले हतार गरी अलमल गर्यौ की सुहागरातमा !
आउलो नलाई बत्ती बाली झलमल गर्यौ की सुहागरातमा !!
मुटुको धड़कन बढ्यो होला यौवन को पारो चढ्यो होला ,
खापेरै नबसी हतार गरी सलबल गर्यौ की सुहागरातमा !
अंग अंग काउकुति लागी नशा नशा फूल्यो होला ,
उत्ताउली भई चुलबुल गरी चलमल गर्यौ की सुहागरातमा !
ओठले ओठलाई डसी, चुपचाप लागेरै बसी ,
ऐया-ऐया आत्थु-आत्थु खलबल गर्यौ की सुहागरातमा !!
त्यों त केवल सुरुवात थियो , अझ धेरै के के गर्यौ ,
न्वारण देखिको बल लगाएर चलमल गर्यौ की सुहागरातमा !!!

Monday, July 25, 2011

िकन ?

आखामा एउटा नाम अौठीमा अर्को नाम जप्छन् िकन कोही कोही ?www.bulsonlive.com


Sunday, July 24, 2011

सिंदूर लत्पत छ कज्जल पुछ प्यारी !
अल्छि हटाई अब केश सम्हाल सारी !!

शोभा बिहीन भई चन्द्र पनि बिलाए,
उठौ की अब ता कुखुरा कराए !

होला पियारी कहिल्यै पछि पूर्ण धोका ,
आटि मसक्क उठ सुस्त उघार ढोका !

वेर भो छिमेकीहरूले पनि चाल पाए,
उठौ की अब ता कुखुरा कराए !!!

रेग्मी जी को "कुखुरा कराए"

Monday, July 18, 2011

मलाई थाछ मायाले, रोगी बनाउछ.

सधैभरि जवानीको, भोगी बनाउछ..

भुलेर नि माया भनि, बिस्वाश नगर्नुस्.

नत्र फेरी त्यै मायाले, जोगी बनाउछ...

enjoy

enjoy
Powered By Blogger

ENJOY