prativa

prativa

Wel-come

wel-come to my blog

Sunday, July 13, 2014

दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ
जिन्दगी कारागार उस्तै उस्तै लाग्छ

सधैं चर्किनै खोज्ने, सधैं फुट्नै खोज्ने
शिशा मेरो निधार उस्तै उस्तै लाग्छ

भो नसोध्नुस् केही, दुखेको दिललाई
ढुङ्गा फूलको प्रहार उस्तै उस्तै लाग्छ
...
भोको पेटमा ज्यादा, भरी पेटमा कम लाग्ने
मदिरा सरकार उस्तै उस्तै लाग्छ

हरेक अनुहारमा देखिन्छ ताजा घटना
यहाँ मान्छे समाचार उस्तै उस्तै लाग्छ

आज भोलि मान्छेहरू यस्तो भन्छन् मलाई
जोगी तेरो संसार उस्तै उस्तै लाग्छ

No comments:

Post a Comment

enjoy

enjoy
Powered By Blogger

ENJOY