बिधिको बिडम्बना, सुन चमेली !
अब अर्कै बर माला , उन चमेली !
पीर ब्यथा सहेरै, सिरानी काख दियौ,
उजेली पुर्णिमाको, जून चमेली !
अस्ताउदै घाम झै बचिन्न की यस्पाली ,
पाऊदैनौ तिमीले , रुन चमेली !
संगै बाच्ने संगै मर्ने सपना भत्कियो ,
अब अर्कै सपना , बुन चमेली !
घरको न घाटको भो , सकिन साथ दिन ,
मन पर्ने अरु नै , चुन चमेली !!!
About Me
prativa
Wel-come
wel-come to my blog
Tuesday, October 12, 2010
थुंगा हेर कति कसिलो छ
माया को जाल नफ्यांक उमेर कलिलो छ !
हलक्क बढेकी मात्र हौ यौवन मलिलो छ !
कोपिला देखिन्यौ अब फक्रने सुरसारमा ,
नपत्याए सुघ बास्ना कति धमिलो छ !
लाल रंग चढ्यो होला चाँद को थिचाइले ,
खिल्खिलायाऊ त्यसैले त रूप हसिलो छ !
प्रकृति आफै असक्त भई भर्दै छ रस ,
त्यसैले पो हेर्न लायक जोवान रसीलो छ !
पत्र-पत्र देख्यौ होला फुल को बनावटमा ,
त्यही पत्रले बनेको थुंगा हेर कति कसिलो छ !!!
प्रतिभा कान्छा चेत

घरजम गर्ने धोको......
भन्छन तिमीलाई सबले गहुँगोरी काली !
मेरा लागी दिलकी रानी भेनाकी हौ साली !
फुरुफुरु भयो मन चरी बनी उडीदिउकी ,
बगैचामा फुल टममै तर चुल्ठो खाली !
मनको इच्छा पूरा गरुन मनकामना माईले ,
लजाउछौ देखे हातमा फुल अक्षता थाली !
एक छीन भेट नभयमा अत्तालिंछ मन ,
सर्बस्वो हौ तिमी मेरो म त तिम्रो माली !
लालीजोवन ढल्कीएर जान्छ की त खेर ,
लगन जुरे घरजम गर्ने धोको यस्पाली !!!
मेरा लागी दिलकी रानी भेनाकी हौ साली !
फुरुफुरु भयो मन चरी बनी उडीदिउकी ,
बगैचामा फुल टममै तर चुल्ठो खाली !
मनको इच्छा पूरा गरुन मनकामना माईले ,
लजाउछौ देखे हातमा फुल अक्षता थाली !
एक छीन भेट नभयमा अत्तालिंछ मन ,
सर्बस्वो हौ तिमी मेरो म त तिम्रो माली !
लालीजोवन ढल्कीएर जान्छ की त खेर ,
लगन जुरे घरजम गर्ने धोको यस्पाली !!!
बाचुन्जेल साथ देऊ जिंदगानी बनाऊछु !!!
डोली चढाई भित्र्यायर रानी बनाउछु !
मुना अनि मदन को झी कहानी बनाऊछु !
मिलेकी छ्यौ मोहनी छ्यौ छ्यौ बड़ो नशालु ,
प्यास मेटाउने करुवा की पनि बनाऊछु !
प्यार त गर्नै पर्छ भन्नेहरु यस्तै भन्छन ,
प्यार मात्रै किन र म जवानी बनाऊछु !
सुख दु:ख जिवनमा संगसंगै काटौलानी ,
प्यार गर्छु अथाह आँखाकी नानी बनाऊछु !
मर्ने पर्ने जिंदगी यो के छ र मरीलानु ,
बाचुन्जेल साथ देऊ जिंदगानी बनाऊछु !!!
बिक्रम चेत प्रतिभा

पर्ख तिमीलाई....
पर्ख तिमीलाई मैले सिंउदो भर्ने बनाईछोड़छू !
मेरै साथमा बाच्ने अनि मर्ने बनाईछोड़छू !!
लोकतंत्रमा महिला हक़का कुरा उठे पनि,
तिमीलाई मेरै चुलो चौको गर्ने बनाईछोड़छू !
मेरै बच्चा पिठ्यु बोकी लेक चड़ने पार्छु,
मेरै सामल बोकी बेसी झर्ने बनाईछोड़छू !
सुखै दिन्न मलाई छोड़ी अर्कै संग गए पनि ,
मन्तर गरी आफैतीर तर्ने बनाईछोड़छू !
घर थर छोड़ी पुरुष संगै हिड़नु पर्छ ,
तिम्रो नाममा मेरै थर सर्ने बनाई छोड़छू !!!
खड्का चेत प्रतिभा
२०६७/०१/११

प्रतिभा अचेल
भन्छयौ अरे प्रतिभा अचेल सपनी मी आको छैन !
शंका गर्नु पर्दैन म कसैको नि भाको छैन !
घरबाट बाहिर निस्के दूँनियाले कुरा काटने ,
त्यसैले त घर छाडी बाहिर कतै गाकोछैन !
उराठ लाग्छन दिनहरू शुन्यतामा रात बित्छ्न,
धेरै भयो तिम्रो पनि केहि खबर पाको छैन !
प्रतीक्षा मा बस्ने गर पक्कै तिम्रो हुने छु म ,
सत्य सत्य तिमीलाई छोड़ी अन्त नजर लाको छैन !
टोलायर बस्छ्यौ अरे हजारौ को भीड़मा पनि ,
तिम्रो नाम नजापर एक छाक पनि खाको छैन !!!
प्रतिभा खड्का चेत
२०६७/०५/२५

प्रकाश तिमीलाई.....
न पिऊँ भन्छु सम्झेर फेरी, पिऊँ झै लाग्दछ !
फाटेको माया देखेर फेरी, सीऊँ झै लाग्दछ !
न सम्झू भन्छु मरेको दिन , सम्झंछ यो मन ,
छातीमा लात्ती सहर पनि, जीऊँ झै लाग्दछ !
कुल्चाई लाखौं नदुख्यो भन्छ , नरून सक्दछ ,
देउता को रूप ढुंगा को मन , लीऊँ झै लाग्दछ !
सुखको साथी दु: ख को पराई, जात हो मान्छे को ,
मान्छे को मन जमेको डल्लो, हीऊँ झै लाग्दछ !
निभाई मधुर बिश्वासको दियो, निशामा हराउदा,
जलेर आफु प्रकाश तिमीलाई , दीऊँ झै लाग्दछ !!

Thursday, October 07, 2010
ओठले ओठ ......
ओठले ओठ चुसे पनि जुठो हुन्न पिरतिको !
जून झार्ने कसम पनि झूठो हुन्न पिरतिको !!
सयौ दिनलाई बोक्न मिल्छ पिरतिको घांसको भारी,
एकै दिन लाई मात्र पुग्ने मूठो हुन्न पिरतिको !!!
जून झार्ने कसम पनि झूठो हुन्न पिरतिको !!
सयौ दिनलाई बोक्न मिल्छ पिरतिको घांसको भारी,
एकै दिन लाई मात्र पुग्ने मूठो हुन्न पिरतिको !!!
Sunday, September 26, 2010
१२७ धारा
१२७ अब धारा बन्नुहुन्न !
देश फेरी मंगलसेन अनि खारा बन्नुहुन्न !!
उठ्नु पर्छ जुटनु पर्छ साथी एक जुट भई,
जसको लाठी उसको भैसी पारा बनुहुन्न !!!
देश फेरी मंगलसेन अनि खारा बन्नुहुन्न !!
उठ्नु पर्छ जुटनु पर्छ साथी एक जुट भई,
जसको लाठी उसको भैसी पारा बनुहुन्न !!!
Monday, July 26, 2010
नानी झंन मन पर्यो ......
काटेर बाटो रोकेर हेर्ने नानी झंन मन पर्यो ,
चियाउदा जिब्रो टोकेर हेर्ने बानी झंन मन पर्यो !
शिर फुल देखे त्यों तारे भीरमा मन अल्झी गैगयो ,
आँखै मा संसार बोकेर हेर्ने सानी झंन मन पर्यो !!
चियाउदा जिब्रो टोकेर हेर्ने बानी झंन मन पर्यो !
शिर फुल देखे त्यों तारे भीरमा मन अल्झी गैगयो ,
आँखै मा संसार बोकेर हेर्ने सानी झंन मन पर्यो !!
Tuesday, July 20, 2010
जून रोयो
मिर्मिरे भो भाले बास्दा तारासँगै जुन रोयो ।
चुँडिएको तार गाँस्दा सारङ्गीको धुन रोयो ।
कोपिलामै मात रोयो फूल रोयो पात रोयो
टप्प टिपी बाली मास्दा पारखीको गुन रोयो ।
उज्यालो भो रात रोयो छुट्नुपर्दा साथ रोयो
खुशी हुने आशा बाँच्दा रहर आकास छुन रोयो ।
हिमाल पहाड तराइ रोयो आफूसित पराई रोयो
छातीभित्र भित्र टाँस्दा मन विरानो हुन रोयो ।
मेची रोयो काली रोयो, रोयो सागरमाथा,
सारंगीको रयाई रयाई भित्र बाँसुरीको धुन रोयो !!!
"प्रतिभा" चेत
२०६७/०४/०४

Tuesday, May 11, 2010
" एकान्तमा भेटेर बोलुँ-बोलुँ लाग्यो "
एकान्तमा भेटेर बोलुँ-बोलुँ लाग्यो !
तिमी संग हृदय खोलुँ-खोलुँ लाग्यो !!
एक चिट्ठी लेखेर बैना बट्टा मारी !
मिठा कुरा कानीले मोलुँ-मोलुँ लाग्यो !!
दोबाटोमा पर्खेर लुकी छिपी हेर्दै !
नदेखे झैं गरेर टोलुँ-टोलुँ लाग्यो !!
तिम्रो नामको छापले सिउँदोमा छापी !
जीवनलाई रंगमा घोंलुँ-घोंलुँ लाग्यो !!
तिमी संगै जिंदगी सात जूनी !
साट्नसातै माड़ा घुमेर पोलुँ-पोलुँ लाग्यों !!

Saturday, April 17, 2010
शुभ- कामना २०६७को !!!
दिन भन्दा रात राम्रो, मान्छेको जात राम्रो !!
रुख भन्दा पात राम्रो, साथी भन्दा साथ राम्रो!!
आकास भन्दा भुई राम्रो, बहिनी भन्दा ज्वाई राम्रो !!
अंकमा सात राम्रो, खानामा भात राम्रो !!
सतसठीमा सात नै हुन्छ, यो त झन् कति राम्रो !!
लौ आयो सतसत्ठी, गर्नुस अब मोज मस्ती !!
सातको बखान कति गरौँ, तपाईको "सात" फलिफाब होस् !!
सतसठीको सात, कहिल्यै नहोस रात !! शुभकामना 2067

Saturday, February 06, 2010
जिन्दगीमा
किन किन अपूरो कहानी लेख्छ जिन्दगीमा ,
आफै फेरी अधुरो बिहानी देख्छ जिन्दगीमा !
जब घाम चढ्छ शिरमा लाग्छ ताप मिठो ,
बिना अर्थ मध्यान्ह जवानी टेक्छ जिन्दगीमा !
दिन ढल्छ सांझमा गोधुली रंग भरी,
जोसै जोसमा प्रणय शिरानी सेक्छ जिन्दगीमा !
जब सूर्य छेक्छ रातले अध्यारो बढ्छ तब ,
अझै सन्तान निशानी थेग्छ जिन्दगीमा !
पूरा हुनेछ दिन मेरो उल्लुको यो आवाजमा ,
चितामा नै यो जुनी फेक्छ जिन्दगीमा !
किन किन अपूरो कहानी लेख्छ जिन्दगीमा !!
चेत "प्रतिभा" खड्का
२०६६/१०/१९

Monday, January 25, 2010
नसम्झ ............
कुनै दिन को त्यो प्रहरलाई नसम्झ !
तिम्रो र मेरो त्यो अन्तिम रहरलाई नसम्झ !
अब केनै रह्यो र बाँकी तिम्रो र मेरो नाता सम्बन्धको ,
भो नचाहिने यो पोखरा सहरलाई नसम्झ !
मरी सकेको मान्छे हुं म फेरी मार्न खोज्यौ किन ?
अमृत भनी दियको त्यो जहरलाई नसम्झ !
गर्व गर्न छाड अब कामुक तिम्रो शारीरको ,
जाम'न भनी लगाएको कहरलाई नसम्झ !
तिमीले मलाई राम्रो संग चीनीसके भनछ्यौ अरे ,
मलाई चीनीसके भन्ने ठहरलाई नसम्झ !
कुनै दिन को त्यो प्रहरलाई नसम्झ !!!
चेत "प्रतिभा"
२०६६/१०/११

Wednesday, January 20, 2010
गजल
जान लाग्यो बैंश मेरो चकचक गर्दा गर्दै
बिग्रीसक्यो सारा कुरा थकथक गर्दा गर्दै
जे पनि त हुन सक्छ तिमी र म एक्लै हुंदा
बिच्चइ दिलको ढोका मैले ढकढक गर्दा गर्दै
लुकाएकै राम्रो हुन्छ बैंश को त्यों तिम्रो पोको
अडकले बोल्नै छाडे बकबक गर्दा गर्दै
बिग्रीसक्यो सारा कुरा थकथक गर्दा गर्दै
जे पनि त हुन सक्छ तिमी र म एक्लै हुंदा
बिच्चइ दिलको ढोका मैले ढकढक गर्दा गर्दै
लुकाएकै राम्रो हुन्छ बैंश को त्यों तिम्रो पोको
अडकले बोल्नै छाडे बकबक गर्दा गर्दै
Tuesday, January 19, 2010
डाली माथि ....!!!!
भमरा त्यसै बस्छ कहा फुलफुलेको डाली माथि,
किन माया बस्यो मेरो बिना रूप की काली माथि !
साच्ची म त देखना साथै एकोहोरिए आज किन ,
अरु कुनै केटी होइन आफ्नै दाइ की साली माथि !
उसले पनी तेस्तै भन्थी, म पनि त राम्री छैन ,
के देखेर बस्न खोजी बगैचा को माली माथि !
कहिले कही त मन पनि तेस्तै बहकीदो रहेछ ,
गोजी माथी हात हाली पैसै न'भा खालीमाथि !!!

Sunday, January 17, 2010
मलाईनै पर्खन्छ्यौ रे
किन तिमी हिजो आज सबै संग झर्किन्छ्यौ रे !
सुन्छु अचेल लुकी लुकी म तीर नै फर्किन्छ्यौ रे !
यसो किन गर्छ्यौ भन सन्चो नभएर हो की ?
साँची हो त तिमी अचेल सानै स्वरमा थर्किन्छ्यौ रे !
पढने लेखन समयमा के भयो त तिमी लाई ,
आफ्नै साथी-संगी सित दिक्क मान्दै तर्किन्छ्यौ रे !
केही पनि छैन ममा किन यस्तो गर्छ्यौ सानु ,
मेरो बाटो हेर्दै तिमी मलाई नै पर्खिन्छ्यौ रे !!
किन तिमी हिजो आज सबै संग झर्किन्छ्यौ रे !!!

Sunday, January 10, 2010
झल्क्यो जिन्दगानी
हेर पानी जस्तै छल्क्यो जिन्दगानी !
एकान्तमा रुन आजकल पल्क्यो जिन्दगानी !
अंह आँशु झार्दीन , भनी मुटु बाँधे पनि ,
भग्नावशेष भै अनायासै बल्क्यो जिन्दगानी !
आफु भन्दा माया गर्थे , साथी भेट्दा मैले ,
लावारिस बनी पीड़ा संग सल्क्यो जिन्दगानी !
कति गाँउ न्याउली बनी, बिरहको भाका,
आँशु पिउदा पिंउदै मेरो ढल्क्यो गिन्दगानी !
के नै रैछ र जिन्दगानी , आखिर चोटइ चोट मात्र ,
सपनी बनी आँखाभरी झल्क्यो जिन्दगानी !!!

Subscribe to:
Comments (Atom)
enjoy