मिर्मिरे भो भाले बास्दा तारासँगै जुन रोयो ।
चुँडिएको तार गाँस्दा सारङ्गीको धुन रोयो ।
कोपिलामै मात रोयो फूल रोयो पात रोयो
टप्प टिपी बाली मास्दा पारखीको गुन रोयो ।
उज्यालो भो रात रोयो छुट्नुपर्दा साथ रोयो
खुशी हुने आशा बाँच्दा रहर आकास छुन रोयो ।
हिमाल पहाड तराइ रोयो आफूसित पराई रोयो
छातीभित्र भित्र टाँस्दा मन विरानो हुन रोयो ।
मेची रोयो काली रोयो, रोयो सागरमाथा,
सारंगीको रयाई रयाई भित्र बाँसुरीको धुन रोयो !!!
"प्रतिभा" चेत
२०६७/०४/०४
About Me
prativa
Wel-come
wel-come to my blog
Tuesday, July 20, 2010
Subscribe to:
Post Comments (Atom)
enjoy


No comments:
Post a Comment