काटेर बाटो रोकेर हेर्ने नानी झंन मन पर्यो ,
चियाउदा जिब्रो टोकेर हेर्ने बानी झंन मन पर्यो !
शिर फुल देखे त्यों तारे भीरमा मन अल्झी गैगयो ,
आँखै मा संसार बोकेर हेर्ने सानी झंन मन पर्यो !!
About Me
prativa
Wel-come
wel-come to my blog
Monday, July 26, 2010
Tuesday, July 20, 2010
जून रोयो
मिर्मिरे भो भाले बास्दा तारासँगै जुन रोयो ।
चुँडिएको तार गाँस्दा सारङ्गीको धुन रोयो ।
कोपिलामै मात रोयो फूल रोयो पात रोयो
टप्प टिपी बाली मास्दा पारखीको गुन रोयो ।
उज्यालो भो रात रोयो छुट्नुपर्दा साथ रोयो
खुशी हुने आशा बाँच्दा रहर आकास छुन रोयो ।
हिमाल पहाड तराइ रोयो आफूसित पराई रोयो
छातीभित्र भित्र टाँस्दा मन विरानो हुन रोयो ।
मेची रोयो काली रोयो, रोयो सागरमाथा,
सारंगीको रयाई रयाई भित्र बाँसुरीको धुन रोयो !!!
"प्रतिभा" चेत
२०६७/०४/०४

Subscribe to:
Comments (Atom)
enjoy