About Me
prativa
Wel-come
Wednesday, August 19, 2009
मेरो देश
मेरो देशको इतिहास शुक्ल पक्षको जूनजस्तो छ । तर आज त्यस जूनमा थोरै ग्रहण लागेको छ । प्रकृतिले सर्बश्व दिएर काखमा हुर्काएको मेरो देशको सन्तान पुर्खाको पदचिन्हमा हिडन सकेको छैन । पुर्खाको पौरख पस्केर खादा-खादै रित्तिएको थोत्रो भांडो थापेर दात्रीराष्ट्र समक्ष आज हामी भिक्षा माग्नु परेको छ । मोर देशको शिष्ट सभ्यता - संस्कृति पाश्चात्य छाडा सभ्यता र संस्कृतिबाट किचिएको छ । खोटो सिक्काले खाटीसिक्कालाई यहाँ बिस्तापित गरेको छ । यहाँ छिमेक बाट सांप्रदायिक झगडा द्देष र दुर्भावनाका कीटाणु पस्न खोज्दै छन । यहाँको प्रकृतिका हरिया डांडा पाखाहरु निर्वस्त्र र नंगा बन्दै छन हिमालयसमेत फोहोर र प्रदुषणबाट वलत्क्रित भएको छ यहाको मठ मन्दिर र देवस्थलहरुले सम्पिंगसाइतको झल्को दिनथालेका छन जलस्रोतले सम्पन्न यस देशले टुकीयुगमै थान्किनु परेको छ र राजधानीका रित्ता गाग्ग्रीहरु पानी नआउने धारामा लामबसेका छन । यहाँ सत्तादौड़को खेल बाहेक अरु खेल रुचिहिन बनेका छन । यसदेशको राजधानीमा कलकल बग्ने बागमती र बिष्णुमति नदी ढल भएका छन । वीरहरुको सन्तान भन्ने पुर्खाको सम्पतिपनी अब नबिक्ने स्थिति देखा परेको छ र मेरो देशको बर्तमानले भोग्नु परेका यस्ता समसामयिक बिसंगति र पिडाले मेरो हृदय दुखेको छ ।
आदिम ऋषिमुनिहरुको तपोभूमि , प्रकृतिको कृडाभूमि , विरयोद्दाहरुको जन्मभूमि , सास्कृतिक , धार्मिक र सांप्रदायिक विविधताका बिच अटूट एकताको अविरल प्रबाह प्रबहमान भएको मेरो देश मेरो आँखाको नानी हो , कला , संपन्नता , सौहार्दता र सदभावनाको खानी हो मलाई मेरो देशमा छिर्न खोज्ने विसंगतिहरुलाई चिर्दै अगी बढन मन लाग्छ विसंगति, विकृतिसंग लड़न मन लाग्छ नेपाललाई भौतिक सम्पन्नताको चुचुरामा पुर्याउन मन लाग्छ सागरमाथा चढेर 'धौ:शान्ति पृथ्वी शान्ति ' को वौदिक मन्त्र उच्चारण गरेर विश्वमा शान्ति संदेश फिजाउन मन लाग्छ ।
इति .....!!!
Thursday, August 13, 2009
रानो सुन्तली
बस्यो माया नबनाऊ मन सानो सुन्तली !!
दुंनिया ले गर्ने प्रेम अन्धो हुन्छ अरे ,
तिम्रो माया अन्धो छ की कानो सुन्तली !
आँखाको बाँध फुटेर मन होला जलाम्य,
छिट्टै छाऊ पिरतीको छानो सुन्तली !
नाप्नै परे मेरो माया मुरी भन्दा धेरै ,
तिम्रो माया छ की दुई चार मानो सुन्तली !
एकै नजर के हेरी थेऊ लठथै परे म त,
कुन्नी केले त्यति सारो तानो सुन्तली !!!
आनन्द भट्टराई "नन्दु "
आज कृष्णाष्टमी पर्व
आज कृष्णाष्टमी , जुलुस निक्लिने छन , सभा समारोह हुनेछन, हुनुपर्छ तर कतिलाई यो बिदा कटाउन गारो भएर बार मा पार्टी खुलाउने छन ।
- बांदरलाई नारिवल दिएपछि के लाग्दो रहेछर, नेपाली हिन्दु हुनु पनी बडो ब्यंग्य लाग्दो रहेछ , यिनका पूर्वज वेदब्यास थिए भन्दा चुटकिला सुनेजस्तो लाग्छ ।
कबी बालकृष्ण सम भन्छन की कृष्ण एक सुंदर कबिता हुन वास्तविक होइनन । महा पुरूष प्रचण्ड एउटा अफिमको नशा मान्छन अली बुद्दिमानी ऐतिहासिक पात्रकोत तर्क गर्छन । कसैले कृष्ण प्रतिक हुन भन्छन ।
जीवन र जगत नै सुंदर कबिता हो वास्तविकता होइन। प्रचण्ड लाई पनी कृष्ण को नशा छोडेर अरु धेरै नशा चहिन्छन नै , ति नशा गनेर नशा नदेखाऊ । दिमागले सोच्न नसक्ने कुरा सबै ऐतिहासिक मान्ने चल्ती नै हो । कमिलाले मान्छेको छ फुट एउटै बिम्बमा देखन नसके पछि सिंगो आकर स्वैरकल्पना मान्छ । मिसाइल बनाउन नसक्ने च्यांग्रे नेपालीले आफ्नो देश लाई शान्तिको प्रतिक मान्छ ।
कृष्ण लाई दुर्योधनले बुझेनथ्यो उनैका पालामा । कृष्णलाई उनैका साथी अर्जुनले धेरै पछिमात्र बुझेका थिए । कृष्णलाई उनिकी राधाले त बुझन गाह्रो भएको थियो । तर रमाइलो अहिलेका ट्वाकेमान्छे ले ठुलाठुला लेक्चर छाँटेर सर्वस्व मूल्यांकन गर्छ ।
- पर्सी तीज आउने छ । मरेको राजा लाई सरापिनेछ । मर्न लागेको लोग्ने लाई कात्रो दीइनेछ । जिउदो नेता ले ताली पाउनेछ , क्रन्तिकारिले लाली पाउने छ परिवर्तनका नारा लाग्ने छन, नारी का गुनासा आउने छन, गहनाको प्रदर्शनी , पिंडुला र साप्राको थर्कनी, महँगी लाई गाली डाइनिंग टेबल खाली , प्रतियोगिता प्रतिस्पर्धा , पुरस्कार र खसी, कुनै नारिवादिलाई ठुलो मौका , क्रान्तिकारी लाई ठुलो चौका ।
- तीज मा सबै थोक हुने छन तर जे हुनु पर्ने हो त्यों ऋषि को पूजा मात्र बांकी हुनेछ । त्यों ऋषि को हो ? के हो ? किन हो ? कसरी हो ? कति हो ? कहा हो ? ऋषि को ऋषित्व लाश परोस ऋषि को ऋषित्व शीशी बनोस , शीशी को प्रतिक नाच्ने र गाउने चलोस !!!!............
Sunday, August 09, 2009
तिमी
यो दिल को डोरी ले नै बेरी रहूँ जस्ती !!
एक्लै बस्न सक्दिन म, बसाई सर्छु त्यतै,
तिम्रै घरमा डेरा जमाई घेरी रहूँ जस्ती !!!
Wednesday, August 05, 2009
गाई जात्रा पर्व - आज


पुत्रशोकले बिहवल भएकी आफ्नी रानीलाई झै दुनियाले पनी शोक भोग्न नपरोस भन्ने देखाउन राजा प्रताप मल्लले " जनता लाई आ - आफ्नो मरेका ब्याक्तिका नाममा गाई जात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको मा यतिले पनी रानी को मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रदसन तथा व्यंग्यात्मक कार्यक्रम पनी गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो ।" भन्ने जनविस्वास रहेको छ ।
Tuesday, August 04, 2009
रक्षा - बन्धन आज

श्रावण महिना को सुरुवात संगै हिन्दु धर्मावलम्बी हरु हर्ष र उल्लासका साथ बन्धनमा बांधिने तयारीमा हुन्छन् । रंगी बिरंगी राखी हरु ले बजार सजीएको हुन्छ । ब्राहमण हरु धागों को ब्यबस्था गर्न तल्लीन हुन्छन् । आफ्नो क्षमता अनुसार सुंदर राखी ले आफ्ना दाजू भाई को हात शजाउने मनासाए बोकेका दीदी बहिनिहरू को बजारमा चहल पहल हुन्छ । ब्यावासयिहरू रक्षा बन्धन को मौकामा ग्राहकहरू लाई आकर्षित गर्ने होडमा हुन्छन् । यसरी रक्षा- बन्धन पर्वले समाजलाई प्रभावित पारेको हुन्छ ।
प्रत्यक वर्ष श्रावाण शुक्ल पक्क्षको पुर्णिमाको दिन मनाइने यो पर्व हिन्दुहरुका लागी मात्र नभै सम्पुर्ण मानव जातिकै लागी महत्वपूर्ण पर्व हो । किनकी बिश्वो रक्षक परमपिता परमात्माले सम्पुर्ण मानव लाई जुन ईश्वरीय मर्यादाको सच्चा सुत्रमा बांधी पबित्रताको प्रतिज्ञा गराएर जीवनलाई श्रेष्ठ तथा समाजलाई मर्यादित एबं मूल्यनिष्ठ बनाउनु हुन्छ त्यसैको यादगार दिवस हो यो रक्षा - वन्धन पर्व । यस पर्व लाई तोड़क तथा पुण्य प्रदायक पर्व पनि भनिन्छ ।
जनै पुर्णिमाको दिन मुलरुपमा ब्राहमणहरु द्वारा मन्त्र उच्चारण गर्दै यजमानहरुलाई पवित्रता को सुचक धागों बांधेर उनिहरुको जिवनमा बिभिन्न किसिमका अशुभता, दरिद्रता, भाग्य हीनता र असुरक्षा लाई समाप्त गर्ने प्रयास गरिन्छ । तर वास्तवमा रक्षा - बंधनको एक दिनमा ब्राहमणले आशीष वाचन द्वारा यजमानहरुको सारा जीवन नै सुखी, शान्त र समृद्द बनाउन संभव होला त ?
पौराणिक कथा अनुसार दैत्य र देवताहरुको युद्दमा इन्द्र देव जब आसुरी शक्ति बाट परास्त भई आफ्नो दैवी राज्य गुमाएर बसेका थिए तब उनकी पतनी इंद्रायणी ईश्वरलाई साक्षी राखी पवित्रता र आध्यात्मिक शक्तिको प्रतिक राखी बांधेकी थीइन । फलस्वरूप इन्द्राले आसुरी शक्तिलाई दमन गरेर आफ्नो राज्य भाग्य र सम्पति प्राप्त गर्न सफल भयका थिय । ईन्द्रयानिले आफ्ना पति ईन्द्र लाई राखी बाँधेको उल्लेखबाट यही सिद्द हुन्छ की रक्षा-बन्धन पर्व न केवल भाईबहिनी, ब्राहमण यजमान संग नै सम्बंधित छ । परन्तु यो महान परम पवित्र पर्व पति र पतनिलाई पवित्रतारूपी श्रेष्ठ गुण सुत्रमा बांधेर गृहस्थ जिवनमा सफलता र ऐश्वर्य दिलाऊन समर्थ छ ।
रक्षा - बंधनको शाब्दिक अर्थलाई हेर्दा रक्षा भनेको संरक्षण वा सम्भाल गर्नु , कुनै कुरा जोगाएर रखनु हो भने बन्धन शब्दको अर्थ कुनै समझौता वा प्रतिज्ञामा सामेल हुनु हो । पवित्रता लाई जोगाएर रखन वा रक्षा गर्न कुनै विशेष प्रकारको प्रतिज्ञा गर्नु वा संकल्पबद्द हुनु रक्षा - बन्धन को संदेश हो । हामीले आफ्ना कर्मलाई पवित्र , श्रेष्ठ तथा दिब्य बनाएर स्व तथा विश्वको रक्षा गर्ने बन्धन हो यो रक्षा - बन्धन ।
र त गल्ती भयो
तिमीले मलाई राम्री हुदा भेटयौ र त गल्ती भयो
पहिलो पटक लेख्या पत्र मेटयौ र त गल्ती भयो
संगै मर्ने संगै जिउने बाचाकसम खाईएकै हो , अहिले फेरी
मन मुटु मा छुरी रेटयौ र त गल्ती भयो
तिमीले मलाई राम्री हुदा भेटयौ र त गल्ती भयो ॥।
Sunday, August 02, 2009
Frienship Day
enjoy


