हिमाल को सेतो फेटा , पहाड़को हरियो भोटा , र तराईको पहेलो कछाड फेरेर बसेको मेरो देश मेरो मुटुको टुक्रा हो। सिन्धुमा हराएको बिन्दु जस्तै विश्व को भूमण्डलमा सानो देखिए पनी मेरो देश मेरो हृदयको धड़कन हो । मेरो देश सगरमाथालाई माथमा लिएर हासेको छ अनि पर्बतस्तनबाट नित्य-निरन्तर बगिरहेका दूधका सहस्र धारा पिएर बाचेको छ । पूर्वमा मेची र पश्चिममा काली को सांध कोरेर उत्तर तर्फ हिमश्रीन्खलाको प्राकृतिक पर्खाल लगाई स्वयम प्रकृति नै मेरो देशको रक्षामा खतिएकी छीन । यस देशको चार किल्लाभित्र प्रकृतिदेवी रमाउदै छमछम नाचेको छीन । सूर्यका सुनौला र सुकोमल किरणहरु जब हिमाल लाई स्पर्श गर्दै आउछन अनि मेरो देशमा उज्यालो पोखिन्छ, सूर्यका किरणहरु हिमालबाट बिदा भएपछि पुन: यहाँ अँध्यारो पोतिन्छ । रहस्यको सरवर मेरो देश अनेकता भित्र एकता भएको देश हो । विस्वभरिकै प्राकृतिक सौंदर्यलाई जम्मा पारेर विधाताले यसै मुलुकमा खन्याएक छन ।"चार जात छत्तीस वर्णको फूलवारी" का रुपमा रहेको मेरो देशभित्र अनेक जातजातीरूपी पुष्पहरु पुष्पित र पल्लवित छन । शेर्पाका नाच , गुरुंगको रोदी, लिम्बूको धाननाच र नेवारको लाखेनाचले यहाँ अलग अलग सस्कृति र जातिको झझल्को दिन्छ्न, तर यहाँ ती प्रत्येक जातजातिरुपी रंगी -बिरंगी फूलहरुका बिचबाट विभिन्न संस्कृतिहरुका माझबाट एउटा कोलाज सौंदर्य ज्योतिको प्रस्फुटन भएको छ र नेपाली संस्कृतिको जन्म भएको छ । यहाँ बुद्दका भक्तहरु पशुपति -दर्शन को प्यासले छटपटी रहेका छन पशुपतिनाथका श्रद्दालूहरु बौद्द -गुम्बाको दर्शनार्थ अधीर हुन्छन । यस पतितपावन भूमिभित्र पशुपतिनाथ र स्वयम्बूले रतनपार्कको मस्जिदसंग डाह गर्दैनन्, गिरिजाघरको पादरीका विरुद्द मोर्चा कस्दैनान । यसरी धार्मिक सहिष्णुताको मूल फुटेको देश हो मेरो देश । सांप्रदायिक एकता , मेलमिलाप र सदभावका लागी जुटेको देश हो मेरो देश । साम्प्रदायिता, जातीयता , धर्मं , भाषा एवं क्षेत्रीयताको दुर्भावनाले तनावग्रस्त विश्वलाई जातीय एकता , धार्मिक सदभाव एवं सहिष्णुताको पाठ पढ़ाउनसक्नु मेरो देशको आद्दितीय विशेषता रहेको छ । मेरो देश सौन्दर्यको खानी पनी हो । यहाँ प्रकृतिको रंगी-बिरंगी फूलबुट्टा भयको हरियो च्यादर ओढेर पहाड़ सिंगारिएको छ । हिउंको स्वच्छ-सेतो मलमलको टोपी पहिरिएर मुस्काएको छ । पहेलपुर धोती फेरेर तराई अन्नम अनुबाद भएको छ । यहाँ कलकल बग्ने खोला र छंगछंग गर्ने झरना को आवाजमा चराचुरुन्गिको चिर्बिरच्यार स्वरको मिश्रणले तुमुल ध्वनी निस्कन्छ अनि त्येसबाट अवर्णनीय र अकल्पनिक आनंदको वर्षा हुन्छ । भावनाका ज्वारहरु साल्वलाउछ्न । मान्छे जब प्रकृतिको यस्तो रमनिए बिश्वविध्धालयमा बिचरण गर्न थाल्छन उसलाई कोइलिले वेदनाको गीत सिकाउछ भने ढुकुरजोड़ी ले मिठो प्रीत पढ़ाउछ्न । यहाँ "संग्घे शक्ति कलौ युगे " भन्ने चेतना कमिलाको तातीले दिन्छ । यहाँ खोला ले कबिता सिकाउछ्न भने झरनाले गीत । त्यसैले त रम्घा को पाखामा भानु उदाउछ्न , गोसाईकुण्डको यात्रामा देवकोटा गुनगुनाउछ्न, दमौलिको गुफामा वेद्ब्यास पलटी कस्छ्न, अर्घों अर्चले लेखनाथ जन्माउछ , औसीको कालो रातमा पनी भोसिको टोलमा मोती चम्कन्छन । प्रकृतिको पुस्पोपहारले सिंगारिएका, पहाड़को स्वच्छ हावा र चिसो पानीले राता-राता गाला भएका पहाडी नानीहरु जब मुस्कुराउछ्न अनि त मोनालिसाको सौंदर्य पनी पानी- पानी बन्छ । यहाको बांसुरी र सारंगीबाट निस्केको सुरिलो स्वोर सुनेर गिटार र ड्रम्स जिल्लिन्छन । जून र घाम पालैपालो पौडेको देखेर माछापुछ्रे र अन्नपूर्ण एकै चोटी फेवातालमा हामफाल्छन । यसरी आकाश संग मित लगाउन चुलिएका हिम श्रृंखलाहरु र समुन्द्र संग प्रीत लगाउन हतारिएका नदीहरूले धर्ती र आकाश संग मेरो देशको साइनो गासेका छन र मेरो देशको स्वर्णिम सौन्दर्यामा सुगंध थपिदिएका छन । मेरो देश कलापूर्ण बुट्टा र मन्दिरहरुले सिंगारिएको छ । प्रकृतिबाटनै सौन्दर्यको शिक्षा पाएका हाम्रा पुर्खाले नेपाली कलालाई समुन्नत अवस्थामा पुर्यएका छन । बलबाहुको कलात्मक सुवास अजय हिमाली किल्ला छिचोल्दै जब चीन पुग्छ मेरो देशको कला विश्वबिख्यात बन्छ त्येसैले ऐतिहासिक चिनिया यात्री हुयान र सांग मेरो देशको प्रशंसा गरेर थाग्दैनन् । यहाका कृष्णमन्दिर, न्यातपोल , र बसन्तपुरका दरवारहरुले मेरो देशको कलात्मक सौरभको साक्षी बस्छन । यस देशका मन्दिरभित्रका देवता बाट मैले आध्यात्मिक खुराक पाएको छू भने मन्दिर बाहिरका कलात्मक बुट्टा बाट मेरो देशले आर्थिक खुराक पाएको छ । यस्तै प्राचीन कलापूर्ण मन्दिर र दरवारहरु हेर्न आएका पर्यटकहरुबाट हुने आम्दानिले मेरो देशको घरभाडा चलेको छ । यहाँ दुई कोटि जनताको सुरक्षार्थ तेत्तिस कोटि देवता हरु पहरा बसेका छन । यहाका पाटीपौवा र टुडालहरुका कलाले मानवमन भित्र सम्म पसेर अन्त:स्करणको काउकुती र तिर्खा मेटी दिन्छन , कलात्मक द्रिस्तान्तको पेश गरी दिन्छन यसरी कलाको अनुपम उदहारण मेरो देशले विश्वोसमक्ष पेश गरेको छ । मेरो देश बीर र बिरंगानाहरू जन्माउने देश हो । चिसो पानी पिएर विरताको आगो ओकल्ने नेपालीहरुको बहदुरिले सात समुन्द्र छिचोलेको छ सुर्याई र बिरताको निम्ति नेपलीहरूले विश्वमै नाम कमाएका छन । मेरो देशको राष्ट्रीयताका लागी र जातीय स्वाभिमानका लागी लड़ने वीर पुर्खाहरुको रातो रगतले मेरो देशको अंगप्रत्यंग भिजेको छ अमर सिंहको कथा अनि बलभद्र र भीमसेन थापा को गाथा भित्र नेपाली वीरता चम्केको छ । राष्ट्रको दूरक्षितिज फैलाउने सीता र भृकुटी तथा अबला भनी होच्याउने नारी जातीको साहस सवल पारी उच्च आकाशमा पुर्याउने पासांग ल्हामु नेपाली विरन्गनाहरुका प्रतिक हुन । मेरो देशका माटाले यस्तै विरहरू र वीरांगनाहरु जन्माएको छ र तीनलाई प्रकृतिले हुर्काको छ । मेरो देशको माटोले हामी लाई गर्भैदेखि बहादुर बनाएको छ र परिवेशले हामी लाई संघर्षशील बनाएको छ । नेपाली भूमिमा बिदेशी साम्राज्यले खुटटो घुमाउन न सकेको ऐतिहासिक दृष्टन्तले नेपालीहरुका वीरता , शूरता , बहादुरी र क्रांतिकारिता लाई संकेत गर्छ
मेरो देशको इतिहास शुक्ल पक्षको जूनजस्तो छ । तर आज त्यस जूनमा थोरै ग्रहण लागेको छ । प्रकृतिले सर्बश्व दिएर काखमा हुर्काएको मेरो देशको सन्तान पुर्खाको पदचिन्हमा हिडन सकेको छैन । पुर्खाको पौरख पस्केर खादा-खादै रित्तिएको थोत्रो भांडो थापेर दात्रीराष्ट्र समक्ष आज हामी भिक्षा माग्नु परेको छ । मोर देशको शिष्ट सभ्यता - संस्कृति पाश्चात्य छाडा सभ्यता र संस्कृतिबाट किचिएको छ । खोटो सिक्काले खाटीसिक्कालाई यहाँ बिस्तापित गरेको छ । यहाँ छिमेक बाट सांप्रदायिक झगडा द्देष र दुर्भावनाका कीटाणु पस्न खोज्दै छन । यहाँको प्रकृतिका हरिया डांडा पाखाहरु निर्वस्त्र र नंगा बन्दै छन हिमालयसमेत फोहोर र प्रदुषणबाट वलत्क्रित भएको छ यहाको मठ मन्दिर र देवस्थलहरुले सम्पिंगसाइतको झल्को दिनथालेका छन जलस्रोतले सम्पन्न यस देशले टुकीयुगमै थान्किनु परेको छ र राजधानीका रित्ता गाग्ग्रीहरु पानी नआउने धारामा लामबसेका छन । यहाँ सत्तादौड़को खेल बाहेक अरु खेल रुचिहिन बनेका छन । यसदेशको राजधानीमा कलकल बग्ने बागमती र बिष्णुमति नदी ढल भएका छन । वीरहरुको सन्तान भन्ने पुर्खाको सम्पतिपनी अब नबिक्ने स्थिति देखा परेको छ र मेरो देशको बर्तमानले भोग्नु परेका यस्ता समसामयिक बिसंगति र पिडाले मेरो हृदय दुखेको छ ।
आदिम ऋषिमुनिहरुको तपोभूमि , प्रकृतिको कृडाभूमि , विरयोद्दाहरुको जन्मभूमि , सास्कृतिक , धार्मिक र सांप्रदायिक विविधताका बिच अटूट एकताको अविरल प्रबाह प्रबहमान भएको मेरो देश मेरो आँखाको नानी हो , कला , संपन्नता , सौहार्दता र सदभावनाको खानी हो मलाई मेरो देशमा छिर्न खोज्ने विसंगतिहरुलाई चिर्दै अगी बढन मन लाग्छ विसंगति, विकृतिसंग लड़न मन लाग्छ नेपाललाई भौतिक सम्पन्नताको चुचुरामा पुर्याउन मन लाग्छ सागरमाथा चढेर 'धौ:शान्ति पृथ्वी शान्ति ' को वौदिक मन्त्र उच्चारण गरेर विश्वमा शान्ति संदेश फिजाउन मन लाग्छ ।
इति .....!!!


Nice !!
ReplyDeleteThat was very good to read!
good keep going
DeleteRamro xa too good
ReplyDeleteToo good....the perception of the writer seems very deep.
ReplyDeleteआहा!!!
ReplyDeleteसारै राम्रो लाग्यो सब्दहरु
जय नेपाल❤❤❤