जाली रै'छ माकुरोले जाल बुन्ला जस्तो लाग्यो!
नबोलेनी मन भित्रको कुरो सुन्ला जस्तो लाग्यो !!
अहिले सम्म मलाई उसले बैगुनी छौ भन्या छैन,
मेरा बैगुन लाई गुनै गुनले गुन्ला जस्तो लाग्यो !
कहिले छैन एक नासको मन सधै छिया छिया ,
टुक्रीएको मन लाई पनि तुन्ला जस्तो लाग्यो !
बरालिने मेरो मन बतासले उडाई लग्यो,
च्याप्प छोपी आफै भित्र थुन्ला जस्तो लाग्यो !!!


No comments:
Post a Comment