
श्रावण महिना को सुरुवात संगै हिन्दु धर्मावलम्बी हरु हर्ष र उल्लासका साथ बन्धनमा बांधिने तयारीमा हुन्छन् । रंगी बिरंगी राखी हरु ले बजार सजीएको हुन्छ । ब्राहमण हरु धागों को ब्यबस्था गर्न तल्लीन हुन्छन् । आफ्नो क्षमता अनुसार सुंदर राखी ले आफ्ना दाजू भाई को हात शजाउने मनासाए बोकेका दीदी बहिनिहरू को बजारमा चहल पहल हुन्छ । ब्यावासयिहरू रक्षा बन्धन को मौकामा ग्राहकहरू लाई आकर्षित गर्ने होडमा हुन्छन् । यसरी रक्षा- बन्धन पर्वले समाजलाई प्रभावित पारेको हुन्छ ।
प्रत्यक वर्ष श्रावाण शुक्ल पक्क्षको पुर्णिमाको दिन मनाइने यो पर्व हिन्दुहरुका लागी मात्र नभै सम्पुर्ण मानव जातिकै लागी महत्वपूर्ण पर्व हो । किनकी बिश्वो रक्षक परमपिता परमात्माले सम्पुर्ण मानव लाई जुन ईश्वरीय मर्यादाको सच्चा सुत्रमा बांधी पबित्रताको प्रतिज्ञा गराएर जीवनलाई श्रेष्ठ तथा समाजलाई मर्यादित एबं मूल्यनिष्ठ बनाउनु हुन्छ त्यसैको यादगार दिवस हो यो रक्षा - वन्धन पर्व । यस पर्व लाई तोड़क तथा पुण्य प्रदायक पर्व पनि भनिन्छ ।
जनै पुर्णिमाको दिन मुलरुपमा ब्राहमणहरु द्वारा मन्त्र उच्चारण गर्दै यजमानहरुलाई पवित्रता को सुचक धागों बांधेर उनिहरुको जिवनमा बिभिन्न किसिमका अशुभता, दरिद्रता, भाग्य हीनता र असुरक्षा लाई समाप्त गर्ने प्रयास गरिन्छ । तर वास्तवमा रक्षा - बंधनको एक दिनमा ब्राहमणले आशीष वाचन द्वारा यजमानहरुको सारा जीवन नै सुखी, शान्त र समृद्द बनाउन संभव होला त ?
पौराणिक कथा अनुसार दैत्य र देवताहरुको युद्दमा इन्द्र देव जब आसुरी शक्ति बाट परास्त भई आफ्नो दैवी राज्य गुमाएर बसेका थिए तब उनकी पतनी इंद्रायणी ईश्वरलाई साक्षी राखी पवित्रता र आध्यात्मिक शक्तिको प्रतिक राखी बांधेकी थीइन । फलस्वरूप इन्द्राले आसुरी शक्तिलाई दमन गरेर आफ्नो राज्य भाग्य र सम्पति प्राप्त गर्न सफल भयका थिय । ईन्द्रयानिले आफ्ना पति ईन्द्र लाई राखी बाँधेको उल्लेखबाट यही सिद्द हुन्छ की रक्षा-बन्धन पर्व न केवल भाईबहिनी, ब्राहमण यजमान संग नै सम्बंधित छ । परन्तु यो महान परम पवित्र पर्व पति र पतनिलाई पवित्रतारूपी श्रेष्ठ गुण सुत्रमा बांधेर गृहस्थ जिवनमा सफलता र ऐश्वर्य दिलाऊन समर्थ छ ।
रक्षा - बंधनको शाब्दिक अर्थलाई हेर्दा रक्षा भनेको संरक्षण वा सम्भाल गर्नु , कुनै कुरा जोगाएर रखनु हो भने बन्धन शब्दको अर्थ कुनै समझौता वा प्रतिज्ञामा सामेल हुनु हो । पवित्रता लाई जोगाएर रखन वा रक्षा गर्न कुनै विशेष प्रकारको प्रतिज्ञा गर्नु वा संकल्पबद्द हुनु रक्षा - बन्धन को संदेश हो । हामीले आफ्ना कर्मलाई पवित्र , श्रेष्ठ तथा दिब्य बनाएर स्व तथा विश्वको रक्षा गर्ने बन्धन हो यो रक्षा - बन्धन ।


No comments:
Post a Comment