prativa

prativa

Wel-come

wel-come to my blog

Saturday, May 16, 2009

कस्तो होला ...........

कस्तो होला नयाँ बिऊ जमाएर हेर्नु



बसन्तको बिहानीमा घमाएर हेर्नु



गणतन्त्र नेपालले तपाईलाई रोज्यो भट्टराई ज्यूँ



देशको नयाँ चांवी तपाई समाएर हेर्नु !!



Friday, May 15, 2009

खेलौला ...........

यतै आउ घुम्नलाई दौडी खेलौला

साँझ परेछी म सग्संगई कौडी खेलौला

जति खेलेनी गर्मी हुन्न आउ तिमी

फेवा तालमा धित मरुन्जेल पौडी खेलौला !!

Thursday, May 14, 2009

नेपालको राजनीती र त्यों दिन .......

२०६६ बैशाख २० गतेको कुरा हो म "मणि हराएको सर्प " झै भएको थिए त्यसै बखत घुम्दै - घुम्दै म पोखरा को बीपी चौकमा पुगे मलाई लगी रहेको थियो मेरा आँखामा धमिलो पर्दा लागी रहेको छ । मैले कल्पना सम्म पनि गर्न सकिन म आज के देख्दै छु ? झिमझिम पानी परिरहेको थियो जती बादल आकाश मा लागी रहेको थियो त्यति नै बादल मेरो आँखामा लागी रहेको थियो । म आफै आश्चार्य मा परेको थिएकी मेरा आँखा आज किन टोलाइ रहेका छन ? म आज किन प्रष्ट देख्न सकिरहेको छैन ? पानी परिरहेको कारण म बीपी चौकको छेउको एउटा पसल को आड्मा बसिरहेको थिए । कता बाट एक जना दाई आउनु भयो र भन्नु भयो भाई के छ ? म दाई को आवाजले सपना बाट एक्कासी ब्युझिए झै भए । भाई क्षमा गर है मैले तिमीलाई असर पुर्याए दाई ले भन्नु भयो । हैनहैन मैले भने । सन्चोबिसन्चो र हालखबर सोध्न नपाऊदै मैले सोधे दाई त्यों बीपी को हातमा के छ ? दाईले मलाई भन्नु भयो तिमी होस मा त छौ ? म केही बोलिन कत्रो आशा बोकर दाई लाई सोधेको त उल्टो मलाई पो ! दाई को त्यों भनाइ ले मलाई अमिलो बनायो र फेरी दाई लाई अर्को प्रश् न सोध्ने हिम्मत गरिन चुपचाप लगेर बसीरहे । म फेरी अक्मकिए के साच्चै त्यों चार तारालाई मैले हसियाहतौडा देखेको छु ? के साच्चै मेरो आँखाले फेल खायो ? यो यत्रो पोखराको मानिसले यो देखेको छैन ? यो यत्रो पोखरामा कांग्रेस कोही छैन ? मेरो मन मा अनेकानेक प्रश् न माथि प्रश् न खपटीन थाले सान्त्वनाको लामो स्वास तान्दै यो गणतन्त्रको कमाल हो मैले मनमनै भने । यसै गरी प्रश् न अनि उत्तर, प्रश् न अनि उत्तर गर्दा गर्दै आदा घन्टा जती भएछ दाई को र मेरो बोलचाल पनि नभएको । दाई आफै आत्तिएर भाई फेरी तिमीलाई के भयो ? यस पाली पनि म केही बोलिन । मैले फेरी आफै लाई प्रश् न गरे बोल न बोल लाटा ! तेरो आँखा त ठीक छैन ? मुख त छ नि ? होइन होइन नबोल तेरो आँखा नै ठीक छैन त कसरी बोल्छस ? आँखाले देखेको कुरा न हो बोल्ने, फेरी अहिले अर्को देखेको कुरा बोलिस भने त पागल नै हुन्छस । यस्तै यस्तै मनमा प्रतिप्रश् न भए कै बेला अर्को केलर भन्ने दाई आउनुभयो र भन्नु भयो हाई दुबै लाई मेरो नमस्कार ! त्यति बेला त मैले नमस्कार फर्काएछु क्यारे ! हामी हात मिलाएर फेरी त्यही कुराको पाटोमा फर्कियौ मैले बोलिन दाई भन्नु भयो केलर जी यो भाईले आज ठीककुरा देख्न सकेको छैन सायद तपाईलाई पनि चिनिनकी के हो ! दाई को भनाई थियो । म आत्तिए साँचीकै आज अब मलाई यी दुई ले पागलनै बनाउने भए ! त्यसै बखत म आफ्नै सुरमा झोला खोले र क्यामरा झिकी त्यों हसियाहतौडा वा चारतारा छुट्याउन को लागी कयद गरे । मन मा सोचे साँझ मा घर गएर होस खुलेमा छुट्याउनु पर्ला । मैले बीपी लाई कयद गरेको देखेर केलर दाईले बीपी लाई नै हेर्नु भयो । खै पहिलो दाई को नाम मलाई याद थिएन उहाले भन्नु भयो केलर जी यो भाईले मलाई सोध्छ , बीपी को हातमा के छ ? केलर दाई केहि नबोली टम्म मिलेका दाँत देखाउदै हास्नु मात्रै भयो । म अझै अलमल मा परे । दाई मलाई प्रष्ट परीदिनुस की म राजनीति त्यति बुझेको छैन, बीपी कुन पार्टी को मान्छे हुन र बीपी को हात मा के छ ? दुबैलाई संगै प्रश् न तेर्स्याए दुबैले एकै स्वर मा भन्नु भयो उनी कुन पार्टी को मान्छे हुन भन्ने प्रश् न कुनै बरिष्ट नेता लाई गर्नु हामी लाई यती मात्र थाहा छ बीपी को हात मा हसीया हतौडा छ । म झस्किए मैले ठीक देखेको रहेछु । आकाश छर्लन्ग भयो परीरहेको पानी रोकियो सूर्यको सुन्तला रंग ले जमिनमा स्पर्श गर्न सफल भयो मेरो आँखा बादल पनी छर्लन्ग भयो । हामी तिनै भाई आ-आफ्नो बाटो लग्यौ ।

तारा भित्र....

हजार थरि तारा भित्र पूर्णिमाको जुन हौ तिमी
सारंगीको रयाई रयाई भित्र बाँसुरीको धुन हौ तिमी !
निश्चल, निर्मल , कर्मनिष्ठ बिकराल रुपहरु ,
स्वर्गरूपी अप्सराझै साच्चै भन कुन हौ तिमी !!
असहाय, गरीब अनि निमुखाको पक्ष लिने,
अन्नदाता, प्राणेश्वर, स्वासप्रश्वास र खुन हौ तिमी !!!
मुहार पनि चन्द्र रूपी अन्धकारलाई चम्काइ दिने ,
वर्णन गरि भनौ भने पुर्णिमाको जुन हौ तिमी !!!!

Tuesday, May 12, 2009

........ का लागी !!!!!!!!!

तपाइलाई अच्चम लाग्नसक्छ एकै पलट नभेटेको अपरिचितले आज पत्र लेखिराहेको छ । म तपाइलाई सुनाउन चाहन्छु मैले कसैका लागी लेखेको यो पहिलो पत्र हो तर पनी म तपाइलाई पहिलो पत्र कै रुपमा प्रष्टयाऊछू । आज भोली इमेलका कारण हस्तलिखित पत्र को चलन छैन त्यसैले मेरो हस्तलिखित पत्र लाई इमेलका मार्फत तपाईसम्म पुर्याउदैछु । आज तपाइलाई यो पत्र पठाउन कंप्यूटर आफै कॉपी , आफै कलम भयको छ र आफै हुलाकि पनि ! तर कंप्यूटरको पत्र कती कृतिम हुन्छ भन्ने अनुभूति तपाइको सम्बोधनमा लेखियका यी अक्षरहरुमा म अहिले पाईरहेको छु । त्येसैले म तपाइलाई यो अनुरोध गर्छु की तपाइ यी मेरा अक्षरहरुलाई बिश्वास गर्नु होला जती औलाले लेखियका शब्दमा बिश्वास दिनुहुन्छ त्येती नै बिश्वास दिलाउनुहोला , जती हस्तलिखित शब्दहरु आत्मीय संचार हुन्छन् त्येतिनै यी कृतिम अक्षर लाई पनि आत्मीय बनाउनु होला । म तपाई प्रति आभारी छु जसरी मेरा औला ले लेखियको पत्र लाई बिश्वास दियर आफ्नो बनाउनु भयो र यी कृतिम अक्षर लेखन आकर्षित गर्नु भयो । म तपाइलाई टेलीफोन पनि गर्न सक्थ्ये तर म आज अक्षरम पोखिन चाहेको छु , म आफु आफैमा लेखिन चाहेको छु , अक्षरमा ब्यक्त हुन चाहेकोछु । किन ? आख़िर म तपाइलाई पत्र नै किन लेखिरहेको छु ? म यती बेला तपाइसंग अपरिचिततामै घनिष्ट भईरहेको छु । म तपाइलाई देख्नासाथ , सुन्नासाथ चिमोटीयको छु । तपाइ एउटा अनुभब की खानी लाग्यो मलाई , जीवनको यती छोटो हिस्सामै पनि अनुभब र ज्ञान स्तिर , प्राज्ञ र मोहक भई सक्नु भएको छ । मेरो जिवनमा वात्सल्येको अभाब छ । स्नेह को अभव छ । पृतित्व र मातृत्वका अतिरिक्त मानिस चाहिदोरहेछ एउटा अभिभाबकिया छहारी । त्यों वात्सल्यको जहा उ स्वच्छन्द बिचरण गर्न सकोस । म देखिरहेछु माछापुछ्रे र अन्नपूर्ण को छहारी मुनि म बसेको डांडाको पश्चिम फेवा तालमा माझिहरू एका बिहानै ढुंगाको तुप्पोमा स्याहार गरिरहेका छन । उनिहरु हिमाल देखेर रमाएका होइनन उनिहरु आफ्नो ढुंगा को फलको आसमै झुंडीरहेका छन । तर उनीहरुलाई न्यानो भएको छ , भर छ त्यो हिमालको जहाँ घाम ठोकिएर उनिहरुतिर उज्यालो पोखियोस । तपाइ जसरी पत्रकारिता मा भरोसा गर्नु हुन्छ त्यसै गरी यी माझीहरु हिमालको आड़मा छन । हिमाल खुलेको छ र मौसम सफा छ । माझीहरु पनि मौसममा भर गर्छन भने उनिहरु त्यसको सुइको हिमाल हेरेर पाऊछन । मलाई त्यस्तै भईरहेछ, तपाईका लागी समाचार, मझिहरुका लागी ताल, किसानका लागी हिमाल र मेरा लागी तपाई ! समान धरोहरका रुपमा ।

तपाई जिन्दगीको घामछायामा यसरी पारखी भईसक्नु भएको छ, मैले सोचे हिमालमा घाम परेर हिंउ पग्लिरहेछ । घरी टल्किएको छ र घरी पानी दर्केर हिउं पग्लिरहेछ । घामपानीको सनातन ओहोरदोहोरिमा बेलाबेला सप्तरंगी इन्द्रेणी परीरहेछ । त्येस्तै हो तपाई दैनिक समाचार लेख्नुहुन्छ समाचारको बिषय उही हो तर आफ्नो मनोभावना अनुसार कहिले समाचारलाई गम्भिर, चिन्तित , र पुलंकित लेख्न सक्नुहुन्छ । मैले तपाईको समाचार उमँगले भरिएको देखन चाहे तपाईका पनि आफ्ना चिन्ता र पीर अनि आशा र भरोसा होलान त्येसैले यो पत्रले तपाईलाई कही कतै अस्वभाबिक बनाएमा म क्षमा मग्दछु ।

जसरी बाली सप्रेको बेला किसान दंग पर्छ र फल राम्रो नपाउदा पीर पनि गर्छ । त्येसरी नै मैले तपाईसंग भावना साटन पाऊदा आनन्द पाए । तपाईलाई सम्झेर पत्र लेखीरहडा मलाई न्यानो भएको छ तर मेरा पनि आफ्नै तनाव र समस्या छन, चासो र चिन्ता छन तपाईमा यो प्रशन उटन सक्छ म यो किन लेखीरहेको छु ? किनकी म उपत्यका बहिर छु उत्तर पश्चिमको अर्को उपत्यकामा छु । मलाई लागी रहेको छ कतै तपाईले मलाई अपत्यारिलो त ठानीरहनु भएको छैन ? किनभने तपाई का लागी म अपरिचित हु ................... म छक्क परी रहेको छु , तपाईलाई यसरी भेटेर म आफुलाई धेरै किसिमले प्रकट गर्न सकीरहेको छु । तपाईलाई म के ठानु म प्रेम मा परेको छु । मलाई कसै संग प्रेम भयको छ । म प्रेम मा परेको छु तर म आफैमा बिश्वास छैन । म उनिलाई मन खोल्न सकीरहेको छैन । उसलाई आफ्नो कुरा खोल्न मसंग आट छैन । म उसंग डराइरहेको छु । मानिस प्रेम मा किन डराउछ ? यस्तो बिधिकी म भागीरहेको छु । उसको अगाडी पर्न सकीरहेको छैन । किनभने आफ्नो प्रश्ताब प्रति उसको प्रतिक्रियामा म अहिले ढुक्क छैन । उसले हुदैना भनी भने ? उसले मलाई चहन्न भनी भने ? उसले मलाई प्रेम गर्दिन भनी भने ? म चिप्लिने छु , उस्किन नसक्ने गरी किनकी यो मेरो पहिलो गम्भिर प्रेम हो र म चाहन्न पहिलो प्रेम मै असफल बनू । म जीवन प्रतिको दृष्टिकोण फेर्न सक्ने छु । आफ्ना कमजोरीहरु प्रति म सन्धै ग्लानीले सडीरहनेछू । मेरो आत्म सम्मानमा ठेस लाग्नेछ र आत्म सम्मानबिहीन जिंदगी एउटा मूढो भन्ने ठान्छु म । तपाईले म लाई कस्तो घमन्डी भन्नु होला यती बेला म त्यही गरिरहेको छू । तर समस्या उस्तै छ , मैले मन पाराएकी केटी पनी कम छैन । उ सुन्दर छे , चलाख छे, बुद्दिमान छे, र मलाई लाग्छ उ म भन्दा घमन्डी पनी ! मलाई किनकिन उ संसार कै सुन्दर लाग्छे शरिरले मात्र होइन सोचाईले पनी । सरिरले मात्र भएको भए उ एउटा सेपिलो पहरा बन्थी तर सोचाईले पनी सुन्दर भएकी ले उ एउटा पारिलो पहाड़ हो । उसंगको प्रेम को अंकुरणले मलाई गजबको सुख दियको छ । मेरो सम्मुख हिमाल बिहानी घाममा मस्त नुहाई रहेको छ र मेरो आतको मयल पखाली छ । तपाई आफै भन्नुस म के गरु ?

म पूर्बी झ्यालको पर्दा तानेर मिर्मिरे देखि तपाई लाई देखन थालेको थिए, हिमालको काँधबाट सूर्य उदाउदाको क्षण मेरा आँखा तीरमिराए । घामको सुन्तला रंगले म पनी रंगिएहोला , त्यति खेर ठ्याक्क रातो र पहेलो मिश्रीत रंगले छोएका अक्षरमा मैले लेखेछु , म प्रेम मा परेको छू भनेर! म चकित छू प्रेम भन्ने शब्द लेखीरहेकै बेला सूर्यले झ्यालबाट मलाई च्याएको छ उ साक्षी बसेको छ , सूर्य लाई साक्षी राखेर म तपाईसामु आफ्नो मनको छांया उज्यालो पारिरहेको छू । यी अक्षरहरुमा तपाई सूर्यको स्पर्श पाउनुहुनेछ । मलाई तपाई संग पत्रमा भेट गराउन प्रकट हुनु भएका सूर्यदेव लाई नमस्कार गर्दछु ! संयोग हो मैले प्रेम गरेकी केटीलाई पहिलो पल्ट सूर्य डूबीरहेको बेला देखेको थिए । सूर्य डुब्दै गर्दा देखेकी केटीका सम्झनामा म सूर्य उदाउदै गर्दाको बेला यी शब्द उन्दैछु । म तपाईलाई साक्षी थापेर भन्दै छु म उसलाई प्रेम गर्छु, मेरो हृदयमा उ बास गरनेछे , पुर्ब पर्बतमा सूर्य उदाय सम्म र पश्चिम पर्बतमा सूर्य अस्ताएसम्म । हाम्रो चोला क्षणिक छ , यस्तो सोच्दा एउटा पर्बत बाट उदाउदै अर्को पर्बतमा सूर्य अस्तायकै अबधि जस्तो । जसरी सूर्यले हिमाललाई साक्षी राख्छ, त्यस्तै गरी म आफ्नो प्रेम को साक्षी तपाई लाई बनाउन चाहन्छु । किनभने मेरा लागी मैले अघिनै भनी सके , तपाई एउटा हिमाल हो । हिमाल सुन्दर छभने बिहान उत्तिनै न्यानो र उज्यालो हुन्छ । तपाई को कांधबाट उदाउने प्रेमले यो तपाई को सेपिलो ......... लाई पारिलो पहाड़ बनाउने छ । सेक्सपिएरले भने झै कबी होस , पागल वा प्रेमी उसका लागी यो चराचरमा संपूर्ण स्वच्छंदता छ । घामले रातो बनाइरहेको यो कॉपी मा मेरो औलाहरुले कलमलाई बेगवान बनाईरहेका छन । मेरो कलम को टुप्पो फुरफुर गरी रहेको छ र म तपाईलाई सम्झी रहेको छु । बिचित्र को संयोग छ म कताकता बाट तपाई सम्म पुग्नु , तपाईले मेरो बारेमा जान्न खोज्नु तर थाहा नपाउनु र भावनामा मात्रै सिमित हुनु । मानिस लाई केले डोरयौछ मलाई थाहा छैन । म साथी खोजी रहेको बेला तपाई सम्म पुग्नु र तपाई लाई साक्षी राखेर अहिले प्रेमको संसार चियाउनु । पत्रकारसंगको साईंनो बलियो हुदो रहेछ । किनभने मैले प्रेम गरेकी केटी संग मेरो जम्काभेट र आवतजावत पनी समाचार को कारण सम्भब भएको हो । उ पत्रकार नभएको भए ? मैले समाचार नलेखेको भए ? वा समाचार खोज्दै नहिनेको भए ? म यस बाट बन्चित हुदो रहेछु ।

ल ठीकै छ , म कुनै दिन तपाइलाई चिनाउला म सफल भए भने । तपाईनै पहिलो दर्शक हुनुहुने छ हाम्रो सम्बन्धको । लाग्छ ती तपाईले स्याहार गरीरहेका भावना ती लेख अनि ती तपाईका रचना म सोच्छु की यो एउटा सींगो संसार हो त्यों सबै संसार एसैमा अडिएको छ म झुकिन्छु पनि स्वर्गको एक टुक्रा खुत्रुक्क तपाईको मस्तिष्कमा त झरेको छैन एउटा ब्यक्तिमा त्यों सम्भब छैन तर तपाईको भावना मा त्यों यथार्त भएको छ ।

अंतत : म टाढा भए पनि मेरो पत्र तपाई को कोठामा पुग्ने छ । म तपाई सामु उपस्थिति हुन सकिरहेको छैन तर बारबार मेरा अक्षरहरुले त्यों प्रिय संसारमा उपस्थिति जनाइरहेका छन । म सोच्छु , म लेखक हूँ भने लेखाइको नियति पुस्तकहरुमा जीवित रहनु हो । मेरो पुस्तकको त्यों गन्तब्य हो तर नसम्झनु म लेखक हुं ! एक औला ले प्रेम लेखिन्न , मैले उसको परीक्षा लिन बांकी छ । र म उकहा पुग्नै बांकी छ , मैले उसलाई चोर्न बांकी छ मैले उसलाई चोर्न सके भने सबै भन्दा पहिला म तपाई लाई चिनाउने छु । अहिले लाई के मात्रै बुझ्नुस भने त्यों केटी ठ्याक्कइ स्वर्गबाट झरेकी अप्सरा जस्तै ! अनुहार , आकार, बानी र बेहोरा सबैले !!!!!!

Monday, May 11, 2009

उक्ति

  1. "सल्लाहा चोरले पनी पाउछ तर त्यसबाट फाइदा बुद्दिमान ले मात्र उठाउछ । "
  2. नाम र ठेगाना ले होइन ब्यबहारले मानिसको परिचय दिन्छ ।
  3. बच्नका लागी खानु तर खान का लागी कहिल्यै नबच्नू ।
  4. मृत्यु निश्चित भयका मानिसहरु किन अजम्बरी ब्यबहार गर्छन ?
  5. काम गर्न सक्नेहरूलाई भिक्षा दिनेहरू नै उनिहारुका शत्रु हुन
  6. कुनै बस्तु राम्रो देखन दृष्टिकोण पनि राम्रो हुनुपर्छ ।
'प्रतिभा'

धोकाको..........!

हेरी रहे एकोहोरो पराई संग हास्दै थियौं

झर्न थाल्यो आँशु मेरो अन्तै साइनो गास्दै थियौ ।

तिम्रै बिन्ती स्वुकर्दथे सैयौ जंघार संगै तरौ

अनयसै बिना निम्तो पराई सिंदूर टास्दै थियौ ।

मान्छे नै हो भूल भय क्षमा त पाउनु पर्ने

थाहै नदीइ चोखो नाता आबेसैमा नास्दै थियौ ।

आज मैले चोट पाय अर्काले नि पाउन सक्छ

के थाहा पराईको नि मेरो जस्तै जीवन तिम्ले नास्दै थियौ !!!!

"प्रतिभा"

जीवन...................!!!


हाँसो,खुशी,विश्वास झिकौं मनभित्रको थैलोबाट

शोक, पीडा टाढै राखौं जिन्दगीको दैलोबाट ।
दु:ख पाले दुःखै हुन्छ, सुख पाले सुखै हुन्छ

जस्तो पानी राखेको छ उस्तै आउँछ घैलोबाट ।
आफू हाँसे अरू हाँस्लान्, रोए एक्लो हुनुपर्छ
निद्रामात्र बिग्रने छ बिना-तिहार भैलोबाट ।

चित्त शुद्घ राख्नु पर्छ, विचार सफा हुनु पर्छ

जति सक्यो परै बसौं संसारको मैलोबाट ।

"प्रतिभा"

Sunday, May 10, 2009

तिम्रा........

मन्द मुस्कान अजीब तिम्रा साथहरुमा

सरल मिलन कोमल तिम्रा बातहरुमा

मैले मेरो जिंदगानी भेट्न थालेको छू

तिम्रो अमूल्य साथ र नि: स्वार्थ मित्रता हरुमा

तिमी .......

हीऊँ खोलामा बगी आउने निर्मल निश्चल पानी तिमी
मनको आगन टेकी राखने हृदयकी रानी तिमी ।
कल्पनामा छैन मेरो तिमी बिनाको जिन्दगी यो
माफी माग्न पाऊने छैनौ दिल चोरी लानी तिमी ॥
हजार जुनी सम्म पनि तिमी मेरै भन्न पाऊँ
दुनियाँ यो देखाई दिने दुई आँखाकी नानी तिमी ॥।
हृदय को फुलबारीमा पिरतिको माला उन्दै
चुमि दिन मन लाग्छ भन्ने मेरी सानी तिमी ॥ ॥
चौबन्दिमा सजायर नौमती यो घन्काउदै
भीत्र्याउला डोली चढाई दुनियाँमा छानी तिमी ॥ ॥ ।

'प्रतिभा'

Friday, May 08, 2009

जाली दियौ

जाली माया लाउनु रैछ चिनो रुमाल जाली दियौ
चोखो माया लाउदै थिय 'प्रेम पागल' गाली दियौ ।
नयनमा बग्ने आंशु नूनिला छन भन्थौ तिमीले
परेलिको गाजल पनि पखालेर फाली दियौ ।।
दिलंमा मेरो कही छैन मन काटने कैची पनि
झुल्के घाम भई आउदा बादल भन्दै भागी दीयौ ।।।
ताने सुरमा मैले स्वर गाउने पालो तिम्रो आयो
मिलाउदैथे स्वरमा स्वर मुख ठप्प टाली दियौ ।।।।
'प्रतिभा'

Friday, May 01, 2009

बेईमान

हुनेलाई रातबिरात निद्रा खोस्ने सुन बेईमान,

भारियाको नांगो शरीर पिल्साई दिने नून बेईमान।

रंग संगै मुस्कुराउछ फूल फुल्दा माया पनि,

याद खुल्दा अझ धेरै बहकाउने जून बेईमान।

युद्द लड़ने मैदानको कथै बेग्लै मित्र धल्दा ,

मित्र प्रेममा गोली ठोक्न उस्काउने खून बेईमान ।

बाबु चंहिको षड्यन्त्र छोरा चंहिको गुंडागर्दी ,

बाको देशमा नेता पोस्ने बिदेशिको गुन बेईमान ।

गाउमा बिग्र्या तै भ ट्टी ले शहर बिग्र्या बार डिस्को ,

पिउदा पिउदै झस्काई दिने बांसुरी को धुन बेईमान ।।।

enjoy

enjoy
Powered By Blogger

ENJOY