prativa

prativa

Wel-come

wel-come to my blog

Tuesday, December 22, 2009

तितो सत्य

  • हाँसो र ख़ुशी को अन्त्ये शोकमा हुन्छ ।
  • सम्पत्तिले मानिस लाई शत्रु बाट बचाउन सक्छ तर डरबाट मुक्त गराउन सक्दैन
  • धेरै राम्रो हुनु पनि नराम्रो हो किन भने राम्रो फूलको सधै हत्या हुन्छ
  • भरिएको पेटले इच्छापुर्बक अध्ययन गर्दैन
  • शंकालु ब्यक्ति सधै दु:खी हुन्छ ।
  • कल्पना र सपना मा हराउनु भन्दा यथार्थमा जिउनु राम्रो हुन्छ ।
  • बिना परिश्रम कमाएको धनले शान्ति दिदैन ।
  • बोलीमा भन्दा ब्यबहारमा सुन्दरता प्रस्ट हुन्छ ।

Monday, December 14, 2009

धर्मं


इच्छा

गरी खान्छु भन्ने इच्छा ओइलाएर गयो
बाँच्न मलाई रहर छैन विष पिए भयो
मेरो पीडा दिन्नँ तिमीलाई, आँसु बनाई पिएँ
बाहिर आउने मनका शब्द यहीँ रोकिदिएँ भयो

थोपा आँशु


तिमीबाहेक यो मन कतै सर्दै सरेन !

यो मुटुमा तिम्रो माया मर्दै मरेन!!!

अझै तिमीलाई पर्खिरहेछु भेटीन्छ्यौ की भन्दै,

थोपा आँशु झार्ण खोजे झर्दै झरेन !!!

तिमीबाहेक यो मन कतै सर्दै सरेन !!!

Wednesday, December 02, 2009

सहज लाग्न थाल्यो अचेल

बिछोडको मजबुरी सहज लाग्न थाल्यो

तिमीसँगको यो दूरी सहज लाग्न थाल्यो ।

बिझाउन्न आजकाल तिखो काँडा मलाई,

घाँटीमा धारिलो छुरी सहज लाग्न थाल्यो ।

उडेर गए सबै मेरा इच्छा र चाहना,

आँधी-तुफान अनि हुरी सहज लाग्न थाल्यो ।

तिरेकै छु आजसम्म पाएको केही छैन,

जीवनभरिको यो दस्तुरी सहज लाग्न थाल्यो ।

र त राम्रो लाग्छ मलाई

घुर्क्याउँछ्यौ-धम्क्याउँछ्यौ र त राम्रो लाग्छ ।
आफै फेरी फकाउँछ्यौ र त राम्रो लाग्छ ।
अनुहारमा रिसरागको आगो बालेर,
मनमा माया पकाउँछ्यौ र त राम्रो लाग्छ ।
शिशिर झैँ उजाडिएको यो मनभरि,
मायाको बस्ती बसाउँछ्यौ र त राम्रो लाग्छ ।
कहिलेकाहीँ रिसाएर नदेखे झैँ हिडे भने,
आँखामा साउन बगाउँछ्यौ र त राम्रो लाग्छ ।।

Sunday, November 29, 2009

हीराको हार


एक नजर हेरे पुग्छ प्यार चाहिदैन !
त्यो भन्दा अर्को ठुलो संसार चाहिदैन !!
याद आउदा एक पल बस एक पल सम्झीदिनु ,
बरु मलाई हीराको हार चाहिदैन !
त्यो भन्दा अर्को ठुलो संसार चाहिदैन !!
पल्मोनरी धमनी, पल्मोनरी शिरा तिमी ,
भईदिए मुटुमा रक्तसंचार चाहिदैन !
बरु मलाई हीराको हार चाहिदैन !!
तिमी मेरी भन्ने बिस्वास दिलाउन सक्छ्यौ भने ,
अन्ने कुनै मायाको आधार चाहिदैन !
बरु मलाई हीराको हार चाहिदैन !!
एउटा वार एउटा पार हुनुको के अर्थ ,
भो मलाई नदी को किनार चाहिदैन !
एक नजर हेरे पुग्छ प्यार चाहिदैन !!
त्यो भन्दा अर्को ठुलो संसार चाहिदैन !!!

Monday, November 16, 2009

चाल

ब्युझन्छौ रे तिमी अचेल बिरालिको चालमा पनि

पौडीन्छौ रे तिमी अचेल सुनामी त्यो छालमा पनि !!

मायाको त्यो बिरुवालाई रोप्न जाँदा खेरी,

हिमालमा नै बस्छौ अरे च्यातिएको पालमा पनि !

म संग त भन्थ्यौ पहिले नत कला नत गला,

नाच्छौ अनि गाउछौ अरे नयाँनयाँ तालमा पनि !

पहरेदार द्वार पालेलाई छेक्न सक्छौ भने,

तिम्रो माया बाँधी राख्छु तरवार र त्यो ढालमा पनि !

भन्न मात्र सजिलो छ गर्न कति गाहरो ,

स्वर मा सुर मिलाऊला म नयाँ नयाँ तालमा पनि !!!

Tuesday, November 10, 2009

फरक

प्रीत उही तर सन्दर्भ फरक ।
गीत उही तर गन्धर्भ फरक ।
तिमी जस्तै छन, यी याद हरु
खुकुरी उही तर कर्द फरक ।
भेट हुदा हामी बोल्छौ उस्तै
शब्द उही तर मर्म फरक ।
दुनिया -समय-तिमी अनि म
बस्तु उही तर खर्क फरक ।
माया - माया उफ़ यो माया
नाम उही तर अर्थ फरक ।

Wednesday, October 28, 2009

के फरक

तरीका उही तर बहाना फरक
काम उही तर चाहना फरक !
तिमी उही म उही हामी उस्ताउस्तै
बिहे उही तर लहना फरक !
दुनियालाई देखाउने काम न काजको
मूल्य उही तर गहना फरक !
रखने ठाऊ अनि रखने बस्तु
बस्तु उही तर खजाना फरक !!!

Saturday, October 24, 2009

सीकरी भान्जा र म


पुपालफेदी पुगेपछि डोल्पा जाने मूलबाटो छाडेर हिउंजस्तो चिसो सेंग्खोला तर्यौ र पुर्बतर्फ़ लग्यौ । सिकारको लागी संसारभर नाम कहलियको ढोरपाटनको दोगाडी ब्लग पुग्न अब ४४८८ मीटर उचाइको लाम्सार देउराली पार गर्न पर्थ्यो । देउराली पुग्दा २ जना युबा भरुवा बन्दुकमा बारूद भर्दै थिए । हामीलाई देखेर एउटा ले बन्दूक भुईतीर सुतायो । भेडी गोठाला र सीकरीबाहेक अरु बिरलै आउने ठाउमा हामीलाई देख्दा ति दुई तर्किएझै देखिन्थे । पेल्माबाट हाम्रो गाइड भएर आएका धर्मजीत ले खाम भाषा बाट बोलाए लेदरको कालो ज्यकेट र कम्ब्याट पाइन्ट लगाएको केटो बन्दूक झोलामाथि अड्याएर हमिभाएतीर आयो । ऊ पेल्माकै रहेछ । रुकुम का उत्तरी गाऊं चाहर्दै हामी पुठा हिमालको बेस क्याम्प जादै थियौ । त्यों रात भेडीगोठमा काटेर भोलिपल्ट बेस क्याम्प पुग्ने र राती वास बस्न गोठमै फर्कने योजना थियो । टेन्ट र खानेकुरा दुलेमै छाडेर हिडेका थियौ । मैकोटको भेडीगोठ दोगाडीमै भएको हामीले ख़बर पाएका थियौ । तर सिकरीको कुरो सुनेपछि हामी फर्कियौ । भेडीगोठ त हामी जाने भन्दा निक्कै माथि पो रहेछ । बाटो चिनेका र ओढार थाहा पायका की गोठालो की सीकरी । अब हामी अफ्ठारोमा पर्यौ ।
सुईया ........, पाटे सुसेली बज्यो । उतै बसेको सीकरी केटाले इशारा गर्यो । २०-२२ वटा नाउरको बथान लाम्सार माथिको पाखामा चर्दै थिए । कुराको बिट नमारी सीकरी केटा नाउर भए तीर उक्लियो । 'ओपी छल्न सके त ढाल्छन होला ' धर्मजीत ले अड्कल काटे ।
'क्याहो ओपी भनेको ?' मैले सोधे ।
'नाउरको बथान को नाइके' धर्मजीत ले ट्याक्क मिलाएर भने । हामी ढुन्गाकों आड़मा बसेर नाउरको फिल्मिन गर्न लग्यौ । लामा अनि घुम्रिएका सिंग भएका ४ वटा भाले र बांकी पोथी अनि केही बच्चा थिए हलमा । ' हिजो आज नाउर सानो बथान मा हिड़छन' धर्मं ले भने, 'जाडो लगेपछि चाहीं २-३ सयसम्मको बथान भेटीन्छ।'
सीकरी केटाहरु नाउर नजिकै पुग्नै लाग्दा अनौठो किसिमको सुसेलीझै लाग्ने चर्को आवाज कानमा थोकियो । उफ्र्दै , खेल्दै चरिरहेका नाउर अब बेतोड्ले दौड़न थाले ।
'धत!' धर्मं ले टाउको ठोके, 'ओपी ले चाल पाईहाल्यो।' हिउंले खाएका काला ढुन्गाको पहरमा खैरो रंगका नाउरको हुल दौड्दैगर्दाको अभूतपूर्ण दृश्य हामीले रोचक मानेर हेरिरह्यौ
नाउर , घोरल र हिमाली थार सिकारका लागी संसारकै उत्कृष्ट गंतब्य को रुपमा चिनिने ढोरपाटनको दोगाडी ब्लगमा हामी थियौ । चारैतिर हरिया बुकी पाटन , नागबेली परेका खोला, माथि टलक्क परेका हिमाल, बुकिमा चर्न मस्त भेडा र घोड़ाका बथान । यती सुंदर र जीवन्त ठाऊँ मैले यसअघि कहिलै देखेको थिएन । मुगू , जाजरकोट , जुम्ला देखि लियर रारा खपतडका सुंदर हिमाली पाटनहरु मा थुप्रै पटक पुगेको छू । ति सबै ठाऊँ यसका अगाडी फिक्का लाग्दै तीय ।
कुन बाटो कसरी जाने, कहा जाने, कहा वास बस्ने, हामी कसैलाई थाहा थिएन । सीकरी केटा कतिखेर आउनेहुन र तिनैलाई सोधुला भनेर हामी हरु पर्खी रहियौ । पुपाल तीर कोही उक्लिरहेको देखियो ।

Tuesday, October 13, 2009

लाग्यो

जाली रै'छ माकुरोले जाल बुन्ला जस्तो लाग्यो!

नबोलेनी मन भित्रको कुरो सुन्ला जस्तो लाग्यो !!

अहिले सम्म मलाई उसले बैगुनी छौ भन्या छैन,

मेरा बैगुन लाई गुनै गुनले गुन्ला जस्तो लाग्यो !

कहिले छैन एक नासको मन सधै छिया छिया ,

टुक्रीएको मन लाई पनि तुन्ला जस्तो लाग्यो !

बरालिने मेरो मन बतासले उडाई लग्यो,

च्याप्प छोपी आफै भित्र थुन्ला जस्तो लाग्यो !!!

Wednesday, August 19, 2009

मेरो देश

हिमाल को सेतो फेटा , पहाड़को हरियो भोटा , र तराईको पहेलो कछाड फेरेर बसेको मेरो देश मेरो मुटुको टुक्रा हो। सिन्धुमा हराएको बिन्दु जस्तै विश्व को भूमण्डलमा सानो देखिए पनी मेरो देश मेरो हृदयको धड़कन हो । मेरो देश सगरमाथालाई माथमा लिएर हासेको छ अनि पर्बतस्तनबाट नित्य-निरन्तर बगिरहेका दूधका सहस्र धारा पिएर बाचेको छ । पूर्वमा मेची र पश्चिममा काली को सांध कोरेर उत्तर तर्फ हिमश्रीन्खलाको प्राकृतिक पर्खाल लगाई स्वयम प्रकृति नै मेरो देशको रक्षामा खतिएकी छीन । यस देशको चार किल्लाभित्र प्रकृतिदेवी रमाउदै छमछम नाचेको छीन । सूर्यका सुनौला र सुकोमल किरणहरु जब हिमाल लाई स्पर्श गर्दै आउछन अनि मेरो देशमा उज्यालो पोखिन्छ, सूर्यका किरणहरु हिमालबाट बिदा भएपछि पुन: यहाँ अँध्यारो पोतिन्छ । रहस्यको सरवर मेरो देश अनेकता भित्र एकता भएको देश हो । विस्वभरिकै प्राकृतिक सौंदर्यलाई जम्मा पारेर विधाताले यसै मुलुकमा खन्याएक छन ।"चार जात छत्तीस वर्णको फूलवारी" का रुपमा रहेको मेरो देशभित्र अनेक जातजातीरूपी पुष्पहरु पुष्पित र पल्लवित छन । शेर्पाका नाच , गुरुंगको रोदी, लिम्बूको धाननाच र नेवारको लाखेनाचले यहाँ अलग अलग सस्कृति र जातिको झझल्को दिन्छ्न, तर यहाँ ती प्रत्येक जातजातिरुपी रंगी -बिरंगी फूलहरुका बिचबाट विभिन्न संस्कृतिहरुका माझबाट एउटा कोलाज सौंदर्य ज्योतिको प्रस्फुटन भएको छ र नेपाली संस्कृतिको जन्म भएको छ । यहाँ बुद्दका भक्तहरु पशुपति -दर्शन को प्यासले छटपटी रहेका छन पशुपतिनाथका श्रद्दालूहरु बौद्द -गुम्बाको दर्शनार्थ अधीर हुन्छन । यस पतितपावन भूमिभित्र पशुपतिनाथ र स्वयम्बूले रतनपार्कको मस्जिदसंग डाह गर्दैनन्, गिरिजाघरको पादरीका विरुद्द मोर्चा कस्दैनान । यसरी धार्मिक सहिष्णुताको मूल फुटेको देश हो मेरो देश । सांप्रदायिक एकता , मेलमिलाप र सदभावका लागी जुटेको देश हो मेरो देश । साम्प्रदायिता, जातीयता , धर्मं , भाषा एवं क्षेत्रीयताको दुर्भावनाले तनावग्रस्त विश्वलाई जातीय एकता , धार्मिक सदभाव एवं सहिष्णुताको पाठ पढ़ाउनसक्नु मेरो देशको आद्दितीय विशेषता रहेको छ । मेरो देश सौन्दर्यको खानी पनी हो । यहाँ प्रकृतिको रंगी-बिरंगी फूलबुट्टा भयको हरियो च्यादर ओढेर पहाड़ सिंगारिएको छ । हिउंको स्वच्छ-सेतो मलमलको टोपी पहिरिएर मुस्काएको छ । पहेलपुर धोती फेरेर तराई अन्नम अनुबाद भएको छ । यहाँ कलकल बग्ने खोला र छंगछंग गर्ने झरना को आवाजमा चराचुरुन्गिको चिर्बिरच्यार स्वरको मिश्रणले तुमुल ध्वनी निस्कन्छ अनि त्येसबाट अवर्णनीय र अकल्पनिक आनंदको वर्षा हुन्छ । भावनाका ज्वारहरु साल्वलाउछ्न । मान्छे जब प्रकृतिको यस्तो रमनिए बिश्वविध्धालयमा बिचरण गर्न थाल्छन उसलाई कोइलिले वेदनाको गीत सिकाउछ भने ढुकुरजोड़ी ले मिठो प्रीत पढ़ाउछ्न । यहाँ "संग्घे शक्ति कलौ युगे " भन्ने चेतना कमिलाको तातीले दिन्छ । यहाँ खोला ले कबिता सिकाउछ्न भने झरनाले गीत । त्यसैले त रम्घा को पाखामा भानु उदाउछ्न , गोसाईकुण्डको यात्रामा देवकोटा गुनगुनाउछ्न, दमौलिको गुफामा वेद्ब्यास पलटी कस्छ्न, अर्घों अर्चले लेखनाथ जन्माउछ , औसीको कालो रातमा पनी भोसिको टोलमा मोती चम्कन्छन । प्रकृतिको पुस्पोपहारले सिंगारिएका, पहाड़को स्वच्छ हावा र चिसो पानीले राता-राता गाला भएका पहाडी नानीहरु जब मुस्कुराउछ्न अनि त मोनालिसाको सौंदर्य पनी पानी- पानी बन्छ । यहाको बांसुरी र सारंगीबाट निस्केको सुरिलो स्वोर सुनेर गिटार र ड्रम्स जिल्लिन्छन । जून र घाम पालैपालो पौडेको देखेर माछापुछ्रे र अन्नपूर्ण एकै चोटी फेवातालमा हामफाल्छन । यसरी आकाश संग मित लगाउन चुलिएका हिम श्रृंखलाहरु र समुन्द्र संग प्रीत लगाउन हतारिएका नदीहरूले धर्ती र आकाश संग मेरो देशको साइनो गासेका छन र मेरो देशको स्वर्णिम सौन्दर्यामा सुगंध थपिदिएका छन । मेरो देश कलापूर्ण बुट्टा र मन्दिरहरुले सिंगारिएको छ । प्रकृतिबाटनै सौन्दर्यको शिक्षा पाएका हाम्रा पुर्खाले नेपाली कलालाई समुन्नत अवस्थामा पुर्यएका छन । बलबाहुको कलात्मक सुवास अजय हिमाली किल्ला छिचोल्दै जब चीन पुग्छ मेरो देशको कला विश्वबिख्यात बन्छ त्येसैले ऐतिहासिक चिनिया यात्री हुयान र सांग मेरो देशको प्रशंसा गरेर थाग्दैनन् । यहाका कृष्णमन्दिर, न्यातपोल , र बसन्तपुरका दरवारहरुले मेरो देशको कलात्मक सौरभको साक्षी बस्छन । यस देशका मन्दिरभित्रका देवता बाट मैले आध्यात्मिक खुराक पाएको छू भने मन्दिर बाहिरका कलात्मक बुट्टा बाट मेरो देशले आर्थिक खुराक पाएको छ । यस्तै प्राचीन कलापूर्ण मन्दिर र दरवारहरु हेर्न आएका पर्यटकहरुबाट हुने आम्दानिले मेरो देशको घरभाडा चलेको छ । यहाँ दुई कोटि जनताको सुरक्षार्थ तेत्तिस कोटि देवता हरु पहरा बसेका छन । यहाका पाटीपौवा र टुडालहरुका कलाले मानवमन भित्र सम्म पसेर अन्त:स्करणको काउकुती र तिर्खा मेटी दिन्छन , कलात्मक द्रिस्तान्तको पेश गरी दिन्छन यसरी कलाको अनुपम उदहारण मेरो देशले विश्वोसमक्ष पेश गरेको छ । मेरो देश बीर र बिरंगानाहरू जन्माउने देश हो । चिसो पानी पिएर विरताको आगो ओकल्ने नेपालीहरुको बहदुरिले सात समुन्द्र छिचोलेको छ सुर्याई र बिरताको निम्ति नेपलीहरूले विश्वमै नाम कमाएका छन । मेरो देशको राष्ट्रीयताका लागी र जातीय स्वाभिमानका लागी लड़ने वीर पुर्खाहरुको रातो रगतले मेरो देशको अंगप्रत्यंग भिजेको छ अमर सिंहको कथा अनि बलभद्र र भीमसेन थापा को गाथा भित्र नेपाली वीरता चम्केको छ । राष्ट्रको दूरक्षितिज फैलाउने सीता र भृकुटी तथा अबला भनी होच्याउने नारी जातीको साहस सवल पारी उच्च आकाशमा पुर्याउने पासांग ल्हामु नेपाली विरन्गनाहरुका प्रतिक हुन । मेरो देशका माटाले यस्तै विरहरू र वीरांगनाहरु जन्माएको छ र तीनलाई प्रकृतिले हुर्काको छ । मेरो देशको माटोले हामी लाई गर्भैदेखि बहादुर बनाएको छ र परिवेशले हामी लाई संघर्षशील बनाएको छ । नेपाली भूमिमा बिदेशी साम्राज्यले खुटटो घुमाउन न सकेको ऐतिहासिक दृष्टन्तले नेपालीहरुका वीरता , शूरता , बहादुरी र क्रांतिकारिता लाई संकेत गर्छ
मेरो देशको इतिहास शुक्ल पक्षको जूनजस्तो छ । तर आज त्यस जूनमा थोरै ग्रहण लागेको छ । प्रकृतिले सर्बश्व दिएर काखमा हुर्काएको मेरो देशको सन्तान पुर्खाको पदचिन्हमा हिडन सकेको छैन । पुर्खाको पौरख पस्केर खादा-खादै रित्तिएको थोत्रो भांडो थापेर दात्रीराष्ट्र समक्ष आज हामी भिक्षा माग्नु परेको छ । मोर देशको शिष्ट सभ्यता - संस्कृति पाश्चात्य छाडा सभ्यता र संस्कृतिबाट किचिएको छ । खोटो सिक्काले खाटीसिक्कालाई यहाँ बिस्तापित गरेको छ । यहाँ छिमेक बाट सांप्रदायिक झगडा द्देष र दुर्भावनाका कीटाणु पस्न खोज्दै छन । यहाँको प्रकृतिका हरिया डांडा पाखाहरु निर्वस्त्र र नंगा बन्दै छन हिमालयसमेत फोहोर र प्रदुषणबाट वलत्क्रित भएको छ यहाको मठ मन्दिर र देवस्थलहरुले सम्पिंगसाइतको झल्को दिनथालेका छन जलस्रोतले सम्पन्न यस देशले टुकीयुगमै थान्किनु परेको छ र राजधानीका रित्ता गाग्ग्रीहरु पानी नआउने धारामा लामबसेका छन । यहाँ सत्तादौड़को खेल बाहेक अरु खेल रुचिहिन बनेका छन । यसदेशको राजधानीमा कलकल बग्ने बागमती र बिष्णुमति नदी ढल भएका छन । वीरहरुको सन्तान भन्ने पुर्खाको सम्पतिपनी अब नबिक्ने स्थिति देखा परेको छ र मेरो देशको बर्तमानले भोग्नु परेका यस्ता समसामयिक बिसंगति र पिडाले मेरो हृदय दुखेको छ ।

आदिम ऋषिमुनिहरुको तपोभूमि , प्रकृतिको कृडाभूमि , विरयोद्दाहरुको जन्मभूमि , सास्कृतिक , धार्मिक र सांप्रदायिक विविधताका बिच अटूट एकताको अविरल प्रबाह प्रबहमान भएको मेरो देश मेरो आँखाको नानी हो , कला , संपन्नता , सौहार्दता र सदभावनाको खानी हो मलाई मेरो देशमा छिर्न खोज्ने विसंगतिहरुलाई चिर्दै अगी बढन मन लाग्छ विसंगति, विकृतिसंग लड़न मन लाग्छ नेपाललाई भौतिक सम्पन्नताको चुचुरामा पुर्याउन मन लाग्छ सागरमाथा चढेर 'धौ:शान्ति पृथ्वी शान्ति ' को वौदिक मन्त्र उच्चारण गरेर विश्वमा शान्ति संदेश फिजाउन मन लाग्छ ।
इति .....!!!

Thursday, August 13, 2009

रानो सुन्तली

तिमी मौरी म मौरी को रानो सुन्तली !
बस्यो माया नबनाऊ मन सानो सुन्तली !!
दुंनिया ले गर्ने प्रेम अन्धो हुन्छ अरे ,
तिम्रो माया अन्धो छ की कानो सुन्तली !
आँखाको बाँध फुटेर मन होला जलाम्य,
छिट्टै छाऊ पिरतीको छानो सुन्तली !
नाप्नै परे मेरो माया मुरी भन्दा धेरै ,
तिम्रो माया छ की दुई चार मानो सुन्तली !
एकै नजर के हेरी थेऊ लठथै परे म त,
कुन्नी केले त्यति सारो तानो सुन्तली !!!

आनन्द भट्टराई "नन्दु "

आज कृष्णाष्टमी पर्व



आज कृष्णाष्टमी , जुलुस निक्लिने छन , सभा समारोह हुनेछन, हुनुपर्छ तर कतिलाई यो बिदा कटाउन गारो भएर बार मा पार्टी खुलाउने छन ।

  1. बांदरलाई नारिवल दिएपछि के लाग्दो रहेछर, नेपाली हिन्दु हुनु पनी बडो ब्यंग्य लाग्दो रहेछ , यिनका पूर्वज वेदब्यास थिए भन्दा चुटकिला सुनेजस्तो लाग्छ ।

  2. कबी बालकृष्ण सम भन्छन की कृष्ण एक सुंदर कबिता हुन वास्तविक होइनन । महा पुरूष प्रचण्ड एउटा अफिमको नशा मान्छन अली बुद्दिमानी ऐतिहासिक पात्रकोत तर्क गर्छन । कसैले कृष्ण प्रतिक हुन भन्छन ।

  3. जीवन र जगत नै सुंदर कबिता हो वास्तविकता होइन। प्रचण्ड लाई पनी कृष्ण को नशा छोडेर अरु धेरै नशा चहिन्छन नै , ति नशा गनेर नशा नदेखाऊ । दिमागले सोच्न नसक्ने कुरा सबै ऐतिहासिक मान्ने चल्ती नै हो । कमिलाले मान्छेको छ फुट एउटै बिम्बमा देखन नसके पछि सिंगो आकर स्वैरकल्पना मान्छ । मिसाइल बनाउन नसक्ने च्यांग्रे नेपालीले आफ्नो देश लाई शान्तिको प्रतिक मान्छ ।

  4. कृष्ण लाई दुर्योधनले बुझेनथ्यो उनैका पालामा । कृष्णलाई उनैका साथी अर्जुनले धेरै पछिमात्र बुझेका थिए । कृष्णलाई उनिकी राधाले त बुझन गाह्रो भएको थियो । तर रमाइलो अहिलेका ट्वाकेमान्छे ले ठुलाठुला लेक्चर छाँटेर सर्वस्व मूल्यांकन गर्छ ।

  1. पर्सी तीज आउने छ । मरेको राजा लाई सरापिनेछ । मर्न लागेको लोग्ने लाई कात्रो दीइनेछ । जिउदो नेता ले ताली पाउनेछ , क्रन्तिकारिले लाली पाउने छ परिवर्तनका नारा लाग्ने छन, नारी का गुनासा आउने छन, गहनाको प्रदर्शनी , पिंडुला र साप्राको थर्कनी, महँगी लाई गाली डाइनिंग टेबल खाली , प्रतियोगिता प्रतिस्पर्धा , पुरस्कार र खसी, कुनै नारिवादिलाई ठुलो मौका , क्रान्तिकारी लाई ठुलो चौका ।
  2. तीज मा सबै थोक हुने छन तर जे हुनु पर्ने हो त्यों ऋषि को पूजा मात्र बांकी हुनेछ । त्यों ऋषि को हो ? के हो ? किन हो ? कसरी हो ? कति हो ? कहा हो ? ऋषि को ऋषित्व लाश परोस ऋषि को ऋषित्व शीशी बनोस , शीशी को प्रतिक नाच्ने र गाउने चलोस !!!!............

Sunday, August 09, 2009

तिमी

कति राम्री रै'छौ तिमी हेरी रहूँ जस्ती!
यो दिल को डोरी ले नै बेरी रहूँ जस्ती !!
एक्लै बस्न सक्दिन म, बसाई सर्छु त्यतै,
तिम्रै घरमा डेरा जमाई घेरी रहूँ जस्ती !!!

Wednesday, August 05, 2009

गाई जात्रा पर्व - आज




आजका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तहरुको सम्झनामा गाई वा मानिसलाई सिंगारी आ-आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरुलाई श्रद्दालुहरुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दाहिका साथै अन्न र द्रब्य दान गर्ने गरिन्छ ।
पुत्रशोकले बिहवल भएकी आफ्नी रानीलाई झै दुनियाले पनी शोक भोग्न नपरोस भन्ने देखाउन राजा प्रताप मल्लले " जनता लाई आ - आफ्नो मरेका ब्याक्तिका नाममा गाई जात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएको मा यतिले पनी रानी को मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रदसन तथा व्यंग्यात्मक कार्यक्रम पनी गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो ।" भन्ने जनविस्वास रहेको छ ।

Tuesday, August 04, 2009

रक्षा - बन्धन आज


श्रावण महिना को सुरुवात संगै हिन्दु धर्मावलम्बी हरु हर्ष र उल्लासका साथ बन्धनमा बांधिने तयारीमा हुन्छन् । रंगी बिरंगी राखी हरु ले बजार सजीएको हुन्छ । ब्राहमण हरु धागों को ब्यबस्था गर्न तल्लीन हुन्छन् । आफ्नो क्षमता अनुसार सुंदर राखी ले आफ्ना दाजू भाई को हात शजाउने मनासाए बोकेका दीदी बहिनिहरू को बजारमा चहल पहल हुन्छ । ब्यावासयिहरू रक्षा बन्धन को मौकामा ग्राहकहरू लाई आकर्षित गर्ने होडमा हुन्छन् । यसरी रक्षा- बन्धन पर्वले समाजलाई प्रभावित पारेको हुन्छ ।


प्रत्यक वर्ष श्रावाण शुक्ल पक्क्षको पुर्णिमाको दिन मनाइने यो पर्व हिन्दुहरुका लागी मात्र नभै सम्पुर्ण मानव जातिकै लागी महत्वपूर्ण पर्व हो । किनकी बिश्वो रक्षक परमपिता परमात्माले सम्पुर्ण मानव लाई जुन ईश्वरीय मर्यादाको सच्चा सुत्रमा बांधी पबित्रताको प्रतिज्ञा गराएर जीवनलाई श्रेष्ठ तथा समाजलाई मर्यादित एबं मूल्यनिष्ठ बनाउनु हुन्छ त्यसैको यादगार दिवस हो यो रक्षा - वन्धन पर्व । यस पर्व लाई तोड़क तथा पुण्य प्रदायक पर्व पनि भनिन्छ ।


जनै पुर्णिमाको दिन मुलरुपमा ब्राहमणहरु द्वारा मन्त्र उच्चारण गर्दै यजमानहरुलाई पवित्रता को सुचक धागों बांधेर उनिहरुको जिवनमा बिभिन्न किसिमका अशुभता, दरिद्रता, भाग्य हीनता र असुरक्षा लाई समाप्त गर्ने प्रयास गरिन्छ । तर वास्तवमा रक्षा - बंधनको एक दिनमा ब्राहमणले आशीष वाचन द्वारा यजमानहरुको सारा जीवन नै सुखी, शान्त र समृद्द बनाउन संभव होला त ?


पौराणिक कथा अनुसार दैत्य र देवताहरुको युद्दमा इन्द्र देव जब आसुरी शक्ति बाट परास्त भई आफ्नो दैवी राज्य गुमाएर बसेका थिए तब उनकी पतनी इंद्रायणी ईश्वरलाई साक्षी राखी पवित्रता र आध्यात्मिक शक्तिको प्रतिक राखी बांधेकी थीइन । फलस्वरूप इन्द्राले आसुरी शक्तिलाई दमन गरेर आफ्नो राज्य भाग्य र सम्पति प्राप्त गर्न सफल भयका थिय । ईन्द्रयानिले आफ्ना पति ईन्द्र लाई राखी बाँधेको उल्लेखबाट यही सिद्द हुन्छ की रक्षा-बन्धन पर्व न केवल भाईबहिनी, ब्राहमण यजमान संग नै सम्बंधित छ । परन्तु यो महान परम पवित्र पर्व पति र पतनिलाई पवित्रतारूपी श्रेष्ठ गुण सुत्रमा बांधेर गृहस्थ जिवनमा सफलता र ऐश्वर्य दिलाऊन समर्थ छ ।


रक्षा - बंधनको शाब्दिक अर्थलाई हेर्दा रक्षा भनेको संरक्षण वा सम्भाल गर्नु , कुनै कुरा जोगाएर रखनु हो भने बन्धन शब्दको अर्थ कुनै समझौता वा प्रतिज्ञामा सामेल हुनु हो । पवित्रता लाई जोगाएर रखन वा रक्षा गर्न कुनै विशेष प्रकारको प्रतिज्ञा गर्नु वा संकल्पबद्द हुनु रक्षा - बन्धन को संदेश हो । हामीले आफ्ना कर्मलाई पवित्र , श्रेष्ठ तथा दिब्य बनाएर स्व तथा विश्वको रक्षा गर्ने बन्धन हो यो रक्षा - बन्धन ।

र त गल्ती भयो

तिमीले मलाई राम्री हुदा भेटयौ र त गल्ती भयो

पहिलो पटक लेख्या पत्र मेटयौ र त गल्ती भयो

संगै मर्ने संगै जिउने बाचाकसम खाईएकै हो , अहिले फेरी

मन मुटु मा छुरी रेटयौ र त गल्ती भयो

तिमीले मलाई राम्री हुदा भेटयौ र त गल्ती भयो ॥।

Sunday, August 02, 2009

Frienship Day

आज Friedship Day बिश्व भरी नया साथीहरु तथा पहिले देखिका साथिहरु संग को सम्बन्ध अझ प्रगाढ़ बनाउने अबसर को रुपमा मानिन्छ भनिन्छ "साथी बनाऊन सजिलोछ तर सम्बन्ध लामो बनाऊ उतिनै गाह्रो छ " त्यसैले साथी बनाऊदा long lasting बनाऊन सकिन्छ की सकिदैन बिचार पुर्यायर मात्र साथी बनाऊ ।

Monday, July 27, 2009

अचानक किन आज

जब पुनमको चुरा खस्यो
मेरो मनको चुचुरा खस्यो
फुल को धारले रेटन थाले पछि
उनको मनको धुरा खस्यो
पोको पारेको ठाऊ बाट
आज अचानक कुरा खस्यो
सपनाको चखेवा खेलाऊदै थिय
बिपना को झ्वाम्म च्याखुरा खस्यो
फुलाऊदा फुलाऊदै मायाको फुल
बसन्तमै मनको आंकुरा खस्यो
भमराहरु झुमुन भन्थे वरीपरी
मनको चाकामा माकुरा खस्यो
राधा, रुक्मिणी र मिराहरू नसोच्दै
मनमा अचानक मथुरा खस्यो
अग्लिदै थिय आकाशका हिमाल
आफ्नै मनको टाकुरा खस्यो !!!

Wednesday, July 22, 2009

तितो सत्ते

  1. कसैको गुणको प्रशंसा मा समय खेर नफाल, उसको गुण अपनाउने प्रयत्न गर ।
  2. असफलता नै सफलता को पहिलो खुट्किलो हो ।
  3. जती बुढो भयपनी दुष्ट , दुष्ट नै हुन्छ , जती पाके पनी तितो फल तितो नै हुन्छ ।
  4. चापलूसी गर्ने मानिस कहिल्यै आफ्नो कर्तब्य पालन गर्दैन ।
  5. कुराकानी प्रीय होस, बनावटी नहोस, स्वच्छ्न्द होस तर अशलिन नहोस , विद्दतापूर्ण होस , अनौठो नहोस तर असत्ते नहोस त्यों नै सच्चा मानिस हो ।
  6. कुनै पनी मानिसलाई घृणा गर्नु जुम्राबाट छुटकारा पाउन आफ्नै कपालमा आगो हाले जस्तै हो ।
  7. भौतिक सन्तुष्टिभन्दा आत्मीय सन्तुष्टि नै उत्तम हुन्छ ।

Thursday, July 16, 2009

फुल नि कांडा भो

सुरुमा त दिन प्रति दिन माया गाढा भो, Add Image
आज फेरी त्यही माया किन टाढा भो ।
संगै बाच्ने संगै मर्ने बाचाकसम खाइएकै हो,
टिपे फुल हातमा राख्दा कांडैकांडा भो ।।
आज फेरी त्यही माया किन टाढा भो ।।।

Wednesday, July 15, 2009

निस्ठुरी माया

लाऊथे माया तिमीलाईनै घात गारेउ र लाइन,
दुई दिनैमा तीता तीता बात गारेउ र लाइन,
जुनी जुनी हजार जुनी तिम्रै काखमा हुला भन्थे,
मलाई छाडी अर्कै संग साथ गारेउ र लाइन,

Tuesday, July 07, 2009

थाहा छैन हजुरले


कत्ति पनी आश छैन


मौसम

शिशिर सकेर बसन्त आयो

आहा ! रानी बन पलुवा पलायो

हेर कोइलिको मधुर स्वर

आयु घटेछ यो मन बहलायो

पानी पधेरा धाराहरुमा

रंगी बिरंगी बत्ती बलायो

बिचित्र रूप अनेक रंग

बेमौसममा जुनार फलायो

टिप्न सजिलो खानै नसजिलो

ब्यर्थै सुकेको घाऊ चलायो !!!

Sunday, July 05, 2009

नेताको भाषण

नेताको भाषण
सपना को महल
कुकुरको पुच्छर
धारा बिनाको टूटी
हत्केला बिनाको मुठ्ठी
मंत्र बिनाको बूटी
माछा को मलामी
स्याल को श्राध्य
परेवा को जन्ति
ॐ "अस्तु " !!!

Saturday, June 27, 2009

माइकल ज्याकसन को सुपर हिट गीत हरु

"They Don't Care About Us"
Skin head, dead headEverybody gone badSituation, aggravationEverybody allegationIn the suite, on the newsEverybody dog foodBang bang, shot deadEverybody's gone mad
All I wanna say is thatThey don't really care about usAll I wanna say is thatThey don't really care about usBeat me, hate meYou can never break meWill me, thrill meYou can never kill meJew me, sue meEverybody do meKick me, kike meDon't you black or white meAll I wanna say is thatThey don't really care about usAll I wanna say is thatThey don't really care about usTell me what has become of my lifeI have a wife and two children who love meI am the victim of police brutality, nowI'm tired of bein' the victim of hateYou're rapin' me of my prideOh, for God's sakeI look to heaven to fulfill its prophecy...Set me freeSkin head, dead headEverybody gone badtrepidation, speculationEverybody allegationIn the suite, on the newsEverybody dog foodblack man, black maleThrow your brother in jailAll I wanna say is thatThey don't really care about usAll I wanna say is thatThey don't really care about usTell me what has become of my rightsAm I invisible because you ignore me?Your proclamation promised me free liberty, nowI'm tired of bein' the victim of shameThey're throwing me in a class with a bad nameI can't believe this is the land from which I cameYou know I do really hate to say itThe government don't wanna seeBut if Roosevelt was livin'He wouldn't let this be, no, noSkin head, dead headEverybody gone badSituation, speculationEverybody litigationBeat me, bash meYou can never trash meHit me, kick meYou can never get meAll I wanna say is thatThey don't really care about usAll I wanna say is thatThey don't really care about usSome things in life they just don't wanna seeBut if Martin Luther was livin'He wouldn't let this beSkin head, dead headEverybody gone badSituation, segregationEverybody allegationIn the suite, on the newsEverybody dog foodKick me, strike meDon't you wrong or right meAll I wanna say is thatThey don't really care about usAll I wanna say is thatThey don't really care about usAll I wanna say is thatThey don't really care about usAll I wanna say is thatThey don't really care about usAll I wanna say is thatThey don't really care about usAll I wanna say is thatThey don't really care about us

Thursday, June 18, 2009

त्यों मात त्यों साथ

कुनै एक ठाउ को बार मा छु । अगाडी क्यान बिएर छ । समय बिताउने सुरमा छु । त्यसैले बियर रित्याईहल्दैन । बरु कचौराको मकै मुठयाउछु र चपाउछु । रिमिक्स गीत सुनी रहेको छु ।
अगाडिको कुर्सिमा सानो जिउडालकी राम्री केटी देख्छु । शान्त कतै हेरिरहेकी उसको आँखा केही समय मै ममा पर्छ । म हटाउछु । फेरी हेर्छु । ऊ पनि त्यसै गर्छे । अलिपछि मैले हेरिरहे, उसले पनि । ऊ मुस्काउन थाली, अनि म पनी । मिलेको अनुहार छ जिन्स पाइनट र टीसर्ट लगाएकी छे ।
यो अग्लो होटल को बार मा आउने कुनै प्लान थिएन । यो यती राम्री केटी भेटिंछे भन्ने पनी कुनै पत्तो थिएन । दिन भरिको घूमघाम पछि बेलुका अल्ली छिट्टै होटल फर्किएका थियौ । भोली त काठमांडू फर्किनु थियो । चुपचाप होटलमै कोच्चीइने धैर्य म माँ भएन । घुम्न निस्किय तर ठुलो आधी संगै पानी दर्कियो । दगुर्दै फर्किए । ९ मात्र बजेको छ , अब के गर्ने ? स्विमिंग गर्न जाऊँ भने पनि यो नौलो ठाऊँमा के गर्ने संजोकले स्विमिंग पूल बन्द रहेछ । मथिल्नो तलामा बार रहेछ अब कता जानु ? 'गो फर डांस ' सुरिलो स्वर कानमा गुन्जिन्छ आवाज नजिकै बाट आएको रहेछ । ऊ मलाई नाच्न आग्रह गर्छे । म सके सम्म पुरै शरीर बटार्छु । हल्लाले सुन्न धेरै ध्यान दिनु परेको छ । ऊ नजिक आउछे , कानै टोकौलाझै गरेर मुख बढ़ाउछे र भन्छे, 'जाने होइन ? नाच्न !' ' कृपया यो गीत मा होइन ' म टार्न खोज्छु । ऊ मान्ने भय पो ! मेरो हात तान्न थाल्छे । अगाडी अली कति खाली ठाऊ छ । नाच्ने कोही छैन । सबै शान्त भएर गीत सुनी रहेका छन । म मात्रै नाच्नु ? तर उसको ढीपि मायालाग्दो छ । नाइ भन्न सक्दैन, नाच्न पनी सक्दैन । 'अर्को गीत त बजोस' म उसलाई यसै भनेर टारिरहन्छु । ऊ आजित भएर जान्छे । अब नया गीत पनी बज्न थालेको छ , ऊ फेरी आउदिन भन्नेमा म ढुक्क छु । 'एक्सक्युज मी', पछाडीबाट कसैले कोटयाउछ । उ फेरी आइछ ! 'न्यू संग ! लेट्स डान्स', उ मलाई तान्नै पो थाल्छे । मेरो अटेरिपन यही नेरै हार्छ । बच्चालाई झै उ मलाई डोरयाउछे । मलाई राम्रो संग नाच्न आउदैन । उ मेरो औला समाएर घुम्छे । दुबै हात अठयाएर नाच्ने ताल देखाउछे , म पछयाउछु । अब बिस्तारै रमाइलो लाग्न थालेको छ । पुरै गीत मा ऊ छाड़दिन । गीत सकिए पछि म टेबल तिरै फर्किन्छु । ऊ पनी आउछे ।
उसको नाम रोज अरे !
'गुलाब जस्तै छौ, धेरै राम्री ।'
म फुर्क्याउछु ।

उ हास्छे । हात बेपरवाह मेरो जिउमा राख्छे । अब हामी खुल्न थालेका छौ । उसको घर पोखरामै रहेछ । प्लस टु पढ़छु भन्थी । बिहान कलेज बेलुका बारको जागीरे यो फरासिली संग म धेरै कुरा गर्न चाहान्छु । तर उ हात समत्दै टेबल मै नाच्दै छे । म पनी बेलाबेलामा टेबल डांस गरिदिन्छु । उ नजिक तान्छे ।
बार बन्द हुने बेला भाएछ । वेइटर हरु कुदाकुद गरिरहेका थिए । एउटा मेरो टेबल मा पनी आइपुग्यो र उसले बिल थमायो । केटी लाई बिएर सकिएको गिलास लैजाने संकेत गर्यो ।
'छिटो, छिटो' भन्छ, 'अब बन्द हुन्छ ।' दुई क्यान बिएर को १ हजार ८० बिल छ । म संग त्यति पैसा छैन । कुराकानी सकिएको छैन तर सक्न बाध्य हुन्छु हल्ला एसरी बढ्छ की हामी एक अर्काले भनेको केही सुनी रहेका छैनऊ ठेगाना टिप्ने चीज केही पनी छैन । घडी हेर्छु त १२ नाघी सकेको छ ।तल गएर खाना खानैछ । तर यो कुरो निश्चित छ की उ संग को अपूरो कुराकानी ले खाना पछि पनी म भोक्कै हुनेछु । 'नाइस टु मीट यू' हात मिलाउदै जोडले भन्छु । ऊ आफु पनी धेरै खुसी भएको भन्दै दुबै हातले बेस्सरी समात्छे । उसको अनुहार मलिन छ । बेस्सरी समातेका उसका हात बिस्तारै लूला हुन्छन् । हामी छुट्टीनु पर्छ, म हिडछु । ऊ भित्रै छे । ढोकामा पुगेर फर्किन्छु, उ लगातार हेरिरहन्छे ।
बाई बाई म हात हल्लाउछु, ऊ पनी तेसै गर्छे । म त बाहिर निस्किने ढोका छेकेर उभिरहेको रहेछु निस्किन नपाएका हरुको लाइन लागी सकेछ । गार्ड ले 'एक्सक्यूज' भन्दै अगाडी बडन भने पछि पो झसंग हुन्छु । बिदेशी आधी यहाँ पनी आई पुगेछ यो मेरो गाऊंमा पनी पुग्ने छ .

Saturday, June 13, 2009

..........ले

म संग को अटूट साथ आबेसैमा तोड़यौ तिमीले

अर्कैसंग लगन्गांठो आज किन जोड़यौ तिमीले ।

मैले दिने माया माथि के को कमी के दोष थियो र ?

यो मुटुमा छुरी हानी पराई घुम्टो ओड़यौ तिमीले ॥

शुरू देखि अन्त्य सम्म सहयात्री बन्छु भन्थ्यौ,

हिड्दा हिड्दै बिच बाटोमै दाहिने हात छोड़यौ तिमीले ॥।

अबसर बादी रैछौ तिमी धोकाको खेल खेल्यौ आज

मुटु मेरो चिराचिरा पारेरनै फोड़यौ तिमीले ॥ ॥

यस्तै छु म, बेहाल छु म, तिम्रै यादमा बाची रा'छु

सहाराको पाइला फेरी अर्कै मोड़मा मोड़यौ तिमीले ॥ ॥ ।

म संग को अटूट साथ आबेसैमा तोड़यौ तिमीले
अर्कैसंग लगन्गांठो आज किन जोड़यौ तिमील

आत्मै देखि भन्नु पर्दा अटूट साथ छोड़यौ तिमीले

सी बी 'प्रतिभा'

Saturday, June 06, 2009

के के ...........

तिम्रो मेरो नाता गास्ने त्यों दिनको गुन हो बेईमान !
जिब्रो ट्वाक्क बजाउने चट्टनि को नून हो बेईमान !!
गरीबीले गर्दा हाम्रो माया अजम्बरी भएन ,
हाम्रो नाता भाडीदिने महंगीको सुन हो बेईमान !!!
हामी दुबै बाहुपासमा कस्किएर बसेका थियौ ,
बादलुको घुम्टो ओडी ओझेल पर्ने जून हो बेईमान !!!!
रिस को झोकमा त्यों दिन हमले के के गरियौ के के ,
आत्मिएता भाड़नलाई उस्काई दिने खून हो बेईमान !!!!!
पुर्नीमा को एक्लो रात चन्द्र ओझेल परेकई थियो ,
त्यै बेलामा झस्काई दिने बांसुरीको धुन हो बेईमान !!!!!!

डेविड फल्स


पोखराको पर्यटकिए ठाउ हरु मध्य यो पनि एक हो । यो डेबिट फल्समा फेवा बाट गईरहेको पानीको छहरा हो । यसबाट बगेर गई डेविड फल्स मा झर्दा यसको रूप नै अर्कै हुन्छ या न की रमाइलो हुन्छ ।

Saturday, May 16, 2009

कस्तो होला ...........

कस्तो होला नयाँ बिऊ जमाएर हेर्नु



बसन्तको बिहानीमा घमाएर हेर्नु



गणतन्त्र नेपालले तपाईलाई रोज्यो भट्टराई ज्यूँ



देशको नयाँ चांवी तपाई समाएर हेर्नु !!



Friday, May 15, 2009

खेलौला ...........

यतै आउ घुम्नलाई दौडी खेलौला

साँझ परेछी म सग्संगई कौडी खेलौला

जति खेलेनी गर्मी हुन्न आउ तिमी

फेवा तालमा धित मरुन्जेल पौडी खेलौला !!

Thursday, May 14, 2009

नेपालको राजनीती र त्यों दिन .......

२०६६ बैशाख २० गतेको कुरा हो म "मणि हराएको सर्प " झै भएको थिए त्यसै बखत घुम्दै - घुम्दै म पोखरा को बीपी चौकमा पुगे मलाई लगी रहेको थियो मेरा आँखामा धमिलो पर्दा लागी रहेको छ । मैले कल्पना सम्म पनि गर्न सकिन म आज के देख्दै छु ? झिमझिम पानी परिरहेको थियो जती बादल आकाश मा लागी रहेको थियो त्यति नै बादल मेरो आँखामा लागी रहेको थियो । म आफै आश्चार्य मा परेको थिएकी मेरा आँखा आज किन टोलाइ रहेका छन ? म आज किन प्रष्ट देख्न सकिरहेको छैन ? पानी परिरहेको कारण म बीपी चौकको छेउको एउटा पसल को आड्मा बसिरहेको थिए । कता बाट एक जना दाई आउनु भयो र भन्नु भयो भाई के छ ? म दाई को आवाजले सपना बाट एक्कासी ब्युझिए झै भए । भाई क्षमा गर है मैले तिमीलाई असर पुर्याए दाई ले भन्नु भयो । हैनहैन मैले भने । सन्चोबिसन्चो र हालखबर सोध्न नपाऊदै मैले सोधे दाई त्यों बीपी को हातमा के छ ? दाईले मलाई भन्नु भयो तिमी होस मा त छौ ? म केही बोलिन कत्रो आशा बोकर दाई लाई सोधेको त उल्टो मलाई पो ! दाई को त्यों भनाइ ले मलाई अमिलो बनायो र फेरी दाई लाई अर्को प्रश् न सोध्ने हिम्मत गरिन चुपचाप लगेर बसीरहे । म फेरी अक्मकिए के साच्चै त्यों चार तारालाई मैले हसियाहतौडा देखेको छु ? के साच्चै मेरो आँखाले फेल खायो ? यो यत्रो पोखराको मानिसले यो देखेको छैन ? यो यत्रो पोखरामा कांग्रेस कोही छैन ? मेरो मन मा अनेकानेक प्रश् न माथि प्रश् न खपटीन थाले सान्त्वनाको लामो स्वास तान्दै यो गणतन्त्रको कमाल हो मैले मनमनै भने । यसै गरी प्रश् न अनि उत्तर, प्रश् न अनि उत्तर गर्दा गर्दै आदा घन्टा जती भएछ दाई को र मेरो बोलचाल पनि नभएको । दाई आफै आत्तिएर भाई फेरी तिमीलाई के भयो ? यस पाली पनि म केही बोलिन । मैले फेरी आफै लाई प्रश् न गरे बोल न बोल लाटा ! तेरो आँखा त ठीक छैन ? मुख त छ नि ? होइन होइन नबोल तेरो आँखा नै ठीक छैन त कसरी बोल्छस ? आँखाले देखेको कुरा न हो बोल्ने, फेरी अहिले अर्को देखेको कुरा बोलिस भने त पागल नै हुन्छस । यस्तै यस्तै मनमा प्रतिप्रश् न भए कै बेला अर्को केलर भन्ने दाई आउनुभयो र भन्नु भयो हाई दुबै लाई मेरो नमस्कार ! त्यति बेला त मैले नमस्कार फर्काएछु क्यारे ! हामी हात मिलाएर फेरी त्यही कुराको पाटोमा फर्कियौ मैले बोलिन दाई भन्नु भयो केलर जी यो भाईले आज ठीककुरा देख्न सकेको छैन सायद तपाईलाई पनि चिनिनकी के हो ! दाई को भनाई थियो । म आत्तिए साँचीकै आज अब मलाई यी दुई ले पागलनै बनाउने भए ! त्यसै बखत म आफ्नै सुरमा झोला खोले र क्यामरा झिकी त्यों हसियाहतौडा वा चारतारा छुट्याउन को लागी कयद गरे । मन मा सोचे साँझ मा घर गएर होस खुलेमा छुट्याउनु पर्ला । मैले बीपी लाई कयद गरेको देखेर केलर दाईले बीपी लाई नै हेर्नु भयो । खै पहिलो दाई को नाम मलाई याद थिएन उहाले भन्नु भयो केलर जी यो भाईले मलाई सोध्छ , बीपी को हातमा के छ ? केलर दाई केहि नबोली टम्म मिलेका दाँत देखाउदै हास्नु मात्रै भयो । म अझै अलमल मा परे । दाई मलाई प्रष्ट परीदिनुस की म राजनीति त्यति बुझेको छैन, बीपी कुन पार्टी को मान्छे हुन र बीपी को हात मा के छ ? दुबैलाई संगै प्रश् न तेर्स्याए दुबैले एकै स्वर मा भन्नु भयो उनी कुन पार्टी को मान्छे हुन भन्ने प्रश् न कुनै बरिष्ट नेता लाई गर्नु हामी लाई यती मात्र थाहा छ बीपी को हात मा हसीया हतौडा छ । म झस्किए मैले ठीक देखेको रहेछु । आकाश छर्लन्ग भयो परीरहेको पानी रोकियो सूर्यको सुन्तला रंग ले जमिनमा स्पर्श गर्न सफल भयो मेरो आँखा बादल पनी छर्लन्ग भयो । हामी तिनै भाई आ-आफ्नो बाटो लग्यौ ।

तारा भित्र....

हजार थरि तारा भित्र पूर्णिमाको जुन हौ तिमी
सारंगीको रयाई रयाई भित्र बाँसुरीको धुन हौ तिमी !
निश्चल, निर्मल , कर्मनिष्ठ बिकराल रुपहरु ,
स्वर्गरूपी अप्सराझै साच्चै भन कुन हौ तिमी !!
असहाय, गरीब अनि निमुखाको पक्ष लिने,
अन्नदाता, प्राणेश्वर, स्वासप्रश्वास र खुन हौ तिमी !!!
मुहार पनि चन्द्र रूपी अन्धकारलाई चम्काइ दिने ,
वर्णन गरि भनौ भने पुर्णिमाको जुन हौ तिमी !!!!

Tuesday, May 12, 2009

........ का लागी !!!!!!!!!

तपाइलाई अच्चम लाग्नसक्छ एकै पलट नभेटेको अपरिचितले आज पत्र लेखिराहेको छ । म तपाइलाई सुनाउन चाहन्छु मैले कसैका लागी लेखेको यो पहिलो पत्र हो तर पनी म तपाइलाई पहिलो पत्र कै रुपमा प्रष्टयाऊछू । आज भोली इमेलका कारण हस्तलिखित पत्र को चलन छैन त्यसैले मेरो हस्तलिखित पत्र लाई इमेलका मार्फत तपाईसम्म पुर्याउदैछु । आज तपाइलाई यो पत्र पठाउन कंप्यूटर आफै कॉपी , आफै कलम भयको छ र आफै हुलाकि पनि ! तर कंप्यूटरको पत्र कती कृतिम हुन्छ भन्ने अनुभूति तपाइको सम्बोधनमा लेखियका यी अक्षरहरुमा म अहिले पाईरहेको छु । त्येसैले म तपाइलाई यो अनुरोध गर्छु की तपाइ यी मेरा अक्षरहरुलाई बिश्वास गर्नु होला जती औलाले लेखियका शब्दमा बिश्वास दिनुहुन्छ त्येती नै बिश्वास दिलाउनुहोला , जती हस्तलिखित शब्दहरु आत्मीय संचार हुन्छन् त्येतिनै यी कृतिम अक्षर लाई पनि आत्मीय बनाउनु होला । म तपाई प्रति आभारी छु जसरी मेरा औला ले लेखियको पत्र लाई बिश्वास दियर आफ्नो बनाउनु भयो र यी कृतिम अक्षर लेखन आकर्षित गर्नु भयो । म तपाइलाई टेलीफोन पनि गर्न सक्थ्ये तर म आज अक्षरम पोखिन चाहेको छु , म आफु आफैमा लेखिन चाहेको छु , अक्षरमा ब्यक्त हुन चाहेकोछु । किन ? आख़िर म तपाइलाई पत्र नै किन लेखिरहेको छु ? म यती बेला तपाइसंग अपरिचिततामै घनिष्ट भईरहेको छु । म तपाइलाई देख्नासाथ , सुन्नासाथ चिमोटीयको छु । तपाइ एउटा अनुभब की खानी लाग्यो मलाई , जीवनको यती छोटो हिस्सामै पनि अनुभब र ज्ञान स्तिर , प्राज्ञ र मोहक भई सक्नु भएको छ । मेरो जिवनमा वात्सल्येको अभाब छ । स्नेह को अभव छ । पृतित्व र मातृत्वका अतिरिक्त मानिस चाहिदोरहेछ एउटा अभिभाबकिया छहारी । त्यों वात्सल्यको जहा उ स्वच्छन्द बिचरण गर्न सकोस । म देखिरहेछु माछापुछ्रे र अन्नपूर्ण को छहारी मुनि म बसेको डांडाको पश्चिम फेवा तालमा माझिहरू एका बिहानै ढुंगाको तुप्पोमा स्याहार गरिरहेका छन । उनिहरु हिमाल देखेर रमाएका होइनन उनिहरु आफ्नो ढुंगा को फलको आसमै झुंडीरहेका छन । तर उनीहरुलाई न्यानो भएको छ , भर छ त्यो हिमालको जहाँ घाम ठोकिएर उनिहरुतिर उज्यालो पोखियोस । तपाइ जसरी पत्रकारिता मा भरोसा गर्नु हुन्छ त्यसै गरी यी माझीहरु हिमालको आड़मा छन । हिमाल खुलेको छ र मौसम सफा छ । माझीहरु पनि मौसममा भर गर्छन भने उनिहरु त्यसको सुइको हिमाल हेरेर पाऊछन । मलाई त्यस्तै भईरहेछ, तपाईका लागी समाचार, मझिहरुका लागी ताल, किसानका लागी हिमाल र मेरा लागी तपाई ! समान धरोहरका रुपमा ।

तपाई जिन्दगीको घामछायामा यसरी पारखी भईसक्नु भएको छ, मैले सोचे हिमालमा घाम परेर हिंउ पग्लिरहेछ । घरी टल्किएको छ र घरी पानी दर्केर हिउं पग्लिरहेछ । घामपानीको सनातन ओहोरदोहोरिमा बेलाबेला सप्तरंगी इन्द्रेणी परीरहेछ । त्येस्तै हो तपाई दैनिक समाचार लेख्नुहुन्छ समाचारको बिषय उही हो तर आफ्नो मनोभावना अनुसार कहिले समाचारलाई गम्भिर, चिन्तित , र पुलंकित लेख्न सक्नुहुन्छ । मैले तपाईको समाचार उमँगले भरिएको देखन चाहे तपाईका पनि आफ्ना चिन्ता र पीर अनि आशा र भरोसा होलान त्येसैले यो पत्रले तपाईलाई कही कतै अस्वभाबिक बनाएमा म क्षमा मग्दछु ।

जसरी बाली सप्रेको बेला किसान दंग पर्छ र फल राम्रो नपाउदा पीर पनि गर्छ । त्येसरी नै मैले तपाईसंग भावना साटन पाऊदा आनन्द पाए । तपाईलाई सम्झेर पत्र लेखीरहडा मलाई न्यानो भएको छ तर मेरा पनि आफ्नै तनाव र समस्या छन, चासो र चिन्ता छन तपाईमा यो प्रशन उटन सक्छ म यो किन लेखीरहेको छु ? किनकी म उपत्यका बहिर छु उत्तर पश्चिमको अर्को उपत्यकामा छु । मलाई लागी रहेको छ कतै तपाईले मलाई अपत्यारिलो त ठानीरहनु भएको छैन ? किनभने तपाई का लागी म अपरिचित हु ................... म छक्क परी रहेको छु , तपाईलाई यसरी भेटेर म आफुलाई धेरै किसिमले प्रकट गर्न सकीरहेको छु । तपाईलाई म के ठानु म प्रेम मा परेको छु । मलाई कसै संग प्रेम भयको छ । म प्रेम मा परेको छु तर म आफैमा बिश्वास छैन । म उनिलाई मन खोल्न सकीरहेको छैन । उसलाई आफ्नो कुरा खोल्न मसंग आट छैन । म उसंग डराइरहेको छु । मानिस प्रेम मा किन डराउछ ? यस्तो बिधिकी म भागीरहेको छु । उसको अगाडी पर्न सकीरहेको छैन । किनभने आफ्नो प्रश्ताब प्रति उसको प्रतिक्रियामा म अहिले ढुक्क छैन । उसले हुदैना भनी भने ? उसले मलाई चहन्न भनी भने ? उसले मलाई प्रेम गर्दिन भनी भने ? म चिप्लिने छु , उस्किन नसक्ने गरी किनकी यो मेरो पहिलो गम्भिर प्रेम हो र म चाहन्न पहिलो प्रेम मै असफल बनू । म जीवन प्रतिको दृष्टिकोण फेर्न सक्ने छु । आफ्ना कमजोरीहरु प्रति म सन्धै ग्लानीले सडीरहनेछू । मेरो आत्म सम्मानमा ठेस लाग्नेछ र आत्म सम्मानबिहीन जिंदगी एउटा मूढो भन्ने ठान्छु म । तपाईले म लाई कस्तो घमन्डी भन्नु होला यती बेला म त्यही गरिरहेको छू । तर समस्या उस्तै छ , मैले मन पाराएकी केटी पनी कम छैन । उ सुन्दर छे , चलाख छे, बुद्दिमान छे, र मलाई लाग्छ उ म भन्दा घमन्डी पनी ! मलाई किनकिन उ संसार कै सुन्दर लाग्छे शरिरले मात्र होइन सोचाईले पनी । सरिरले मात्र भएको भए उ एउटा सेपिलो पहरा बन्थी तर सोचाईले पनी सुन्दर भएकी ले उ एउटा पारिलो पहाड़ हो । उसंगको प्रेम को अंकुरणले मलाई गजबको सुख दियको छ । मेरो सम्मुख हिमाल बिहानी घाममा मस्त नुहाई रहेको छ र मेरो आतको मयल पखाली छ । तपाई आफै भन्नुस म के गरु ?

म पूर्बी झ्यालको पर्दा तानेर मिर्मिरे देखि तपाई लाई देखन थालेको थिए, हिमालको काँधबाट सूर्य उदाउदाको क्षण मेरा आँखा तीरमिराए । घामको सुन्तला रंगले म पनी रंगिएहोला , त्यति खेर ठ्याक्क रातो र पहेलो मिश्रीत रंगले छोएका अक्षरमा मैले लेखेछु , म प्रेम मा परेको छू भनेर! म चकित छू प्रेम भन्ने शब्द लेखीरहेकै बेला सूर्यले झ्यालबाट मलाई च्याएको छ उ साक्षी बसेको छ , सूर्य लाई साक्षी राखेर म तपाईसामु आफ्नो मनको छांया उज्यालो पारिरहेको छू । यी अक्षरहरुमा तपाई सूर्यको स्पर्श पाउनुहुनेछ । मलाई तपाई संग पत्रमा भेट गराउन प्रकट हुनु भएका सूर्यदेव लाई नमस्कार गर्दछु ! संयोग हो मैले प्रेम गरेकी केटीलाई पहिलो पल्ट सूर्य डूबीरहेको बेला देखेको थिए । सूर्य डुब्दै गर्दा देखेकी केटीका सम्झनामा म सूर्य उदाउदै गर्दाको बेला यी शब्द उन्दैछु । म तपाईलाई साक्षी थापेर भन्दै छु म उसलाई प्रेम गर्छु, मेरो हृदयमा उ बास गरनेछे , पुर्ब पर्बतमा सूर्य उदाय सम्म र पश्चिम पर्बतमा सूर्य अस्ताएसम्म । हाम्रो चोला क्षणिक छ , यस्तो सोच्दा एउटा पर्बत बाट उदाउदै अर्को पर्बतमा सूर्य अस्तायकै अबधि जस्तो । जसरी सूर्यले हिमाललाई साक्षी राख्छ, त्यस्तै गरी म आफ्नो प्रेम को साक्षी तपाई लाई बनाउन चाहन्छु । किनभने मेरा लागी मैले अघिनै भनी सके , तपाई एउटा हिमाल हो । हिमाल सुन्दर छभने बिहान उत्तिनै न्यानो र उज्यालो हुन्छ । तपाई को कांधबाट उदाउने प्रेमले यो तपाई को सेपिलो ......... लाई पारिलो पहाड़ बनाउने छ । सेक्सपिएरले भने झै कबी होस , पागल वा प्रेमी उसका लागी यो चराचरमा संपूर्ण स्वच्छंदता छ । घामले रातो बनाइरहेको यो कॉपी मा मेरो औलाहरुले कलमलाई बेगवान बनाईरहेका छन । मेरो कलम को टुप्पो फुरफुर गरी रहेको छ र म तपाईलाई सम्झी रहेको छु । बिचित्र को संयोग छ म कताकता बाट तपाई सम्म पुग्नु , तपाईले मेरो बारेमा जान्न खोज्नु तर थाहा नपाउनु र भावनामा मात्रै सिमित हुनु । मानिस लाई केले डोरयौछ मलाई थाहा छैन । म साथी खोजी रहेको बेला तपाई सम्म पुग्नु र तपाई लाई साक्षी राखेर अहिले प्रेमको संसार चियाउनु । पत्रकारसंगको साईंनो बलियो हुदो रहेछ । किनभने मैले प्रेम गरेकी केटी संग मेरो जम्काभेट र आवतजावत पनी समाचार को कारण सम्भब भएको हो । उ पत्रकार नभएको भए ? मैले समाचार नलेखेको भए ? वा समाचार खोज्दै नहिनेको भए ? म यस बाट बन्चित हुदो रहेछु ।

ल ठीकै छ , म कुनै दिन तपाइलाई चिनाउला म सफल भए भने । तपाईनै पहिलो दर्शक हुनुहुने छ हाम्रो सम्बन्धको । लाग्छ ती तपाईले स्याहार गरीरहेका भावना ती लेख अनि ती तपाईका रचना म सोच्छु की यो एउटा सींगो संसार हो त्यों सबै संसार एसैमा अडिएको छ म झुकिन्छु पनि स्वर्गको एक टुक्रा खुत्रुक्क तपाईको मस्तिष्कमा त झरेको छैन एउटा ब्यक्तिमा त्यों सम्भब छैन तर तपाईको भावना मा त्यों यथार्त भएको छ ।

अंतत : म टाढा भए पनि मेरो पत्र तपाई को कोठामा पुग्ने छ । म तपाई सामु उपस्थिति हुन सकिरहेको छैन तर बारबार मेरा अक्षरहरुले त्यों प्रिय संसारमा उपस्थिति जनाइरहेका छन । म सोच्छु , म लेखक हूँ भने लेखाइको नियति पुस्तकहरुमा जीवित रहनु हो । मेरो पुस्तकको त्यों गन्तब्य हो तर नसम्झनु म लेखक हुं ! एक औला ले प्रेम लेखिन्न , मैले उसको परीक्षा लिन बांकी छ । र म उकहा पुग्नै बांकी छ , मैले उसलाई चोर्न बांकी छ मैले उसलाई चोर्न सके भने सबै भन्दा पहिला म तपाई लाई चिनाउने छु । अहिले लाई के मात्रै बुझ्नुस भने त्यों केटी ठ्याक्कइ स्वर्गबाट झरेकी अप्सरा जस्तै ! अनुहार , आकार, बानी र बेहोरा सबैले !!!!!!

Monday, May 11, 2009

उक्ति

  1. "सल्लाहा चोरले पनी पाउछ तर त्यसबाट फाइदा बुद्दिमान ले मात्र उठाउछ । "
  2. नाम र ठेगाना ले होइन ब्यबहारले मानिसको परिचय दिन्छ ।
  3. बच्नका लागी खानु तर खान का लागी कहिल्यै नबच्नू ।
  4. मृत्यु निश्चित भयका मानिसहरु किन अजम्बरी ब्यबहार गर्छन ?
  5. काम गर्न सक्नेहरूलाई भिक्षा दिनेहरू नै उनिहारुका शत्रु हुन
  6. कुनै बस्तु राम्रो देखन दृष्टिकोण पनि राम्रो हुनुपर्छ ।
'प्रतिभा'

धोकाको..........!

हेरी रहे एकोहोरो पराई संग हास्दै थियौं

झर्न थाल्यो आँशु मेरो अन्तै साइनो गास्दै थियौ ।

तिम्रै बिन्ती स्वुकर्दथे सैयौ जंघार संगै तरौ

अनयसै बिना निम्तो पराई सिंदूर टास्दै थियौ ।

मान्छे नै हो भूल भय क्षमा त पाउनु पर्ने

थाहै नदीइ चोखो नाता आबेसैमा नास्दै थियौ ।

आज मैले चोट पाय अर्काले नि पाउन सक्छ

के थाहा पराईको नि मेरो जस्तै जीवन तिम्ले नास्दै थियौ !!!!

"प्रतिभा"

जीवन...................!!!


हाँसो,खुशी,विश्वास झिकौं मनभित्रको थैलोबाट

शोक, पीडा टाढै राखौं जिन्दगीको दैलोबाट ।
दु:ख पाले दुःखै हुन्छ, सुख पाले सुखै हुन्छ

जस्तो पानी राखेको छ उस्तै आउँछ घैलोबाट ।
आफू हाँसे अरू हाँस्लान्, रोए एक्लो हुनुपर्छ
निद्रामात्र बिग्रने छ बिना-तिहार भैलोबाट ।

चित्त शुद्घ राख्नु पर्छ, विचार सफा हुनु पर्छ

जति सक्यो परै बसौं संसारको मैलोबाट ।

"प्रतिभा"

Sunday, May 10, 2009

तिम्रा........

मन्द मुस्कान अजीब तिम्रा साथहरुमा

सरल मिलन कोमल तिम्रा बातहरुमा

मैले मेरो जिंदगानी भेट्न थालेको छू

तिम्रो अमूल्य साथ र नि: स्वार्थ मित्रता हरुमा

तिमी .......

हीऊँ खोलामा बगी आउने निर्मल निश्चल पानी तिमी
मनको आगन टेकी राखने हृदयकी रानी तिमी ।
कल्पनामा छैन मेरो तिमी बिनाको जिन्दगी यो
माफी माग्न पाऊने छैनौ दिल चोरी लानी तिमी ॥
हजार जुनी सम्म पनि तिमी मेरै भन्न पाऊँ
दुनियाँ यो देखाई दिने दुई आँखाकी नानी तिमी ॥।
हृदय को फुलबारीमा पिरतिको माला उन्दै
चुमि दिन मन लाग्छ भन्ने मेरी सानी तिमी ॥ ॥
चौबन्दिमा सजायर नौमती यो घन्काउदै
भीत्र्याउला डोली चढाई दुनियाँमा छानी तिमी ॥ ॥ ।

'प्रतिभा'

Friday, May 08, 2009

जाली दियौ

जाली माया लाउनु रैछ चिनो रुमाल जाली दियौ
चोखो माया लाउदै थिय 'प्रेम पागल' गाली दियौ ।
नयनमा बग्ने आंशु नूनिला छन भन्थौ तिमीले
परेलिको गाजल पनि पखालेर फाली दियौ ।।
दिलंमा मेरो कही छैन मन काटने कैची पनि
झुल्के घाम भई आउदा बादल भन्दै भागी दीयौ ।।।
ताने सुरमा मैले स्वर गाउने पालो तिम्रो आयो
मिलाउदैथे स्वरमा स्वर मुख ठप्प टाली दियौ ।।।।
'प्रतिभा'

Friday, May 01, 2009

बेईमान

हुनेलाई रातबिरात निद्रा खोस्ने सुन बेईमान,

भारियाको नांगो शरीर पिल्साई दिने नून बेईमान।

रंग संगै मुस्कुराउछ फूल फुल्दा माया पनि,

याद खुल्दा अझ धेरै बहकाउने जून बेईमान।

युद्द लड़ने मैदानको कथै बेग्लै मित्र धल्दा ,

मित्र प्रेममा गोली ठोक्न उस्काउने खून बेईमान ।

बाबु चंहिको षड्यन्त्र छोरा चंहिको गुंडागर्दी ,

बाको देशमा नेता पोस्ने बिदेशिको गुन बेईमान ।

गाउमा बिग्र्या तै भ ट्टी ले शहर बिग्र्या बार डिस्को ,

पिउदा पिउदै झस्काई दिने बांसुरी को धुन बेईमान ।।।

Thursday, April 30, 2009

जिन्दगीको भूल भयो

कष्ट दायी पीडा पाउदा आंशु मेरो मूल भयो
तिमीलाई मैले बिश्वास गर्नु जिन्दगीको भूल भयो !
मेरो माया अहिले कांडा पहिले किन फूल भयो
तिमीलाई मैले बिश्वास गर्नु जिन्दगीको भूल भयो !!
तिमी पारी बिचमा हाम्रो भाचियको पुल भयो
तिमीलाई मैले बिश्वास गर्नु जिन्दगीको भूल भयो !!!
मेरो माया थोरै तिमीलाई पराई माया हूल भयो
तिमीलाई मैले बिश्वास गर्नु जिन्दगीको भूल भयो !!!!

फोटो ग्यालरी

पोखरा

फोटो फ्रेम


शु-भकामन कार्ड



प्रतिभा




यो 'प्रतिभा'

यसको साथमा लागेयसले केहि गर्ला जस्तो लाग्दैन र,
तिमी कतै टाढा जादा यो 'प्रतिभा' यक्लै पर्ला जस्तो लाग्दैन र !
हामी टाढा भयौ 'प्रतिभा' भनी तिमीले भन्यौ भने ,
यो 'प्रतिभा' त्यतै बसाई सर्ला जस्तो लाग्दैन र !!!

Wednesday, April 29, 2009

अन्तै बसाई सर्यौ किन


दिउशो फ़ोन गर्दा मैले स्वेच अफ गर्यौ किन

मेरो भोग प्यास आज सबै तिमीले हर्यौ किन

साँझ पख यता नआई कतै पनी जदैनथ्यौ

आज भने तिमी फेरी अन्तै बसाई सर्यौ किन

दिउशो फ़ोन गर्दा मैले स्वेच अफ गर्यौ किन

Tuesday, April 28, 2009

बिश्वो शान्ति स्तूप , पोखरा

yo स्तूप पोखरा को दक्षिण पश्चिम फेवा तालको शीरानमा अवस्थित छ । यो स्तूप पोखराको आकर्षक ठाउ हरु मध्य एक हो । यहाँ स्वदेशी तथा बिदेशी पर्यटकहरु घुम्न आउने गर्छन ।

ऐना लाई झै मन...........

ऐना लाई झै मन फुटाएर हेर
मन को कुना कुना टुटाएर हेर
ओटेरा टोटेरा जिउनुको ब्यथा थाहा पाउन
पिरतीलाई छुटाएर हेर
ऐना लाई झै मन फुटाएर हेर

Monday, April 27, 2009

थाहा छैन हाजुरले

थाहा छैन हाजुरले किन पाइला मोड्नु भयो
संगै जिउने बाचाकसम अनायासै तोड्नु भयो
छूडनु साथ छुटीसक्यो कहिले कंही भेट हुदा
बोल्दा के नै सकिन्थ्यो र बोल्न पनी छोडनु भयो

मायाले त्यो मनलाई यतै

सींगो बैश एक्लै एक्लै धान्न कती गाह्रो,
मायाले त्यो मनलाई यतै तान्न कती गाह्रो,
कोकुलकंठे बोली सुन्न कैयौफ़ोन गर्छु सन्धै
तिमीलाई भने यउटा मिस्कल हान्नकती गाह्रो !
मायाले त्यो मनलाई यतै तान्न कती गाह्रो !!!

Sunday, April 26, 2009

Sunset


Good Morning

Good morning everybody.
I hope you are all having a good time.
Do.

enjoy

enjoy
Powered By Blogger

ENJOY